कोशीको योजना आयोगको सदस्यमा २ जना नियुक्त
विराटनगर : कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगको सदस्यमा नारायण कोइराला र प्रमिलाकुमारी गच्छदारलाई नियुक्त गरेको छ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का कोइराला र विराटनगर महानगरपालिका–४ की गच्छदारलाई सदस्य नियुक्त गरेको हो। उनीहरू नेपाली कांग्रेसको कोटाबाट नियुक्त भएका हुन्।
नेकपा (माओवादी केन्द्र)को कोटाबाट आयोगको सदस्य बनेका सुनसरीको धरानका भवानी बराल र विराटनगरकी नमिता न्यौपानेले बुधबार पदबाट राजीनामा दिएका थिए। उनीहरूले राजीनामा दिएको भोलिपल्ट कांग्रेसको कोटाबाट २ जना नियुक्त भएका हुन्।