बसमा छुट्यो यात्रुको पैसा, ट्राफिकले भेटेर लगायो जिम्मा

बसमा छुट्यो यात्रुको पैसा, ट्राफिकले भेटेर लगायो जिम्मा

विराटनगर : बसमा छुटेको यात्रुको पैसा तथा सुनचाँदीका गहना मोरङको बेलबारीमा भेट्टाएर ट्राफिक प्रहरीले शुक्रबार सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। 

सुनसरीको धरानबाट मोरङको गोठगाउँ आउने क्रममा बसमै छुटेको यात्रुको नगद र सुनचाँदीका गहना ट्राफिक प्रहरीले फेला पारेर बुझाएको हो। धनकुटाको शहिदभूमि गाउँपालिका–४ खोकुछिन्ताङकी राधिका राई शुक्रबार बिहान गोठगाउँका लागि धरानबाट को १ ख ६७९४ बसमा चढेकी थिइन्। तर, गोठगाउँ आइपुगेर ओर्लिने क्रममा उनले नगद ७२ हजार ५ सय रुपैयाँ तथा १ तोला सुन र १ तोला चाँदीको गहना बसमै छाडिन्। 
बिर्सिएर पैसा र गहना बसमै छुटेको जानकारी उनले प्रहरीलाई गराइन्। 

त्यसलगत्तै ट्राफिक प्रहरी पोष्ट बेलबारीबाट खटिएको वरिष्ठ सइ (वरिष्ठ प्रहरी नायव निरीक्षक) लोकबहादुर दियाली नेतृत्वको टोलीले सवारीसाधन चेकजाँच गर्न थाल्यो। 

मोरङ ट्राफिक प्रमुख इन्सपेक्टर राजन लम्सालले ट्राफिक चेकजाँचका क्रममा महिलाले बोक्ने हाते झोला (हेण्ड ब्याग) बसभित्रै फेला परेको बताए। उनका अनुसार फेला परेको पैसा र गरगहना सम्बन्धित धनीलाई नै फिर्ता गरिएको छ। 

‘नगद र गहना भेटिएपछि सम्बन्धित धनीलाई बोलाएर जिम्मा लगाइयो,’ लम्सालले भने, ‘हराएको सामान पाएपछि उहाँ पनि खुसी हुनु भयो।’ आफू तनावमा परेका बेला पैसा र गहना फेला पारेर जिम्मा लगाएको भन्दै राईले ट्राफिक प्रहरीलाई धन्यवाद दिइन्। 

ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधन लगायतमा यात्रा गर्दा आफ्नो सामानको सुरक्षामा ध्यान दिन सबैलाई आग्रह गरेको छ। ‘यात्राका क्रममा यात्रुले आफ्नो सामानको सुरक्षामा ध्यान दिनुपर्छ,’ इन्सपेक्टर लम्सालले भने, ‘नत्र छुट्ने र हराउने हुन्छ।’ सामानको सुरक्षामा सबै सजग हुनुपर्ने उनी बताउँछन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.