नारायणघाट-मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो

नारायणघाट-मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो

चितवन : लगातारको वर्षातको कारण नारायणघाट-मुग्लिन सडकखण्डको विभिन्न स्थानमा पहिरो खसेको छ । पहिरोको कारण बाटो अवरुद्ध बनेको छ । 

पहिरो खसेर नौ किलोमा सडक दुई फिट भासिएको छ । सडक भासिदा जुगेडीबाट मुग्लिनतर्फ जाँदै गरेको प्र ३–०१–०२४ च ३०५६ नम्बरको बलेरो जिप फसेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए । 

त्यस्तै पृथ्वी राजमार्गमा पर्ने इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खसेको छ । दुई वटा स्काभेटरले पन्छाउन थालेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । इच्छाकामना–३ मौवाखोला, पानीधारा र दतिखोलामा पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.