धनकुटामा पहिरोले घर पुरियो, सामान निकाल्न जाँदा आमाछोरीको मृत्यु

धनकुटामा पहिरोले घर पुरियो, सामान निकाल्न जाँदा आमाछोरीको मृत्यु
फाइल तस्बिर।

धनकुटा : धनकुटामा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यलय  पानीवास धनकुटाका अनुसार आज बिहान अन्दाजी सबा ३ बजेतिर धनकुटा पाख्रीबास नगरपालिका-५ गुरासे देवीथान स्थित सन्तोष तामाङको घरमा माथिबाट पहिरो खसेको हो। 

मान्छे नबसेको नयाँ घरमा पहिरो खस्ने क्रममा घरमा राखेको सामान निकाल्न जाँदा तामाङकी श्रीमती अन्दाजी ३०/३२ वर्षीया आशा तामाङ र  सासू ५० वर्षीया रामकुमारी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोको खबर पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। उनीहरूको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको प्रहरीको भनाइ छ।

उक्त घरमा सामान निकाल्न जाने क्रममा छिमेकी योगेन्द्र बाहदुर तामाङकी श्रीमती २४ वर्षीया मिन माया. तामाङ  समान्य घाइते भएकी छन्। उनलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा पठाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.