बाढीले झापामा तीनवटा पुल र एउटा कल्भर्टमा क्षति

बाढीले झापामा तीनवटा पुल र एउटा कल्भर्टमा क्षति

झापा : अविरल वर्षापछि खोलामा आएको बाढीले झापामा तीन वटा पुलमा क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बाढीले अर्जुनधाराको बिरिङ नदीको पुल, झापा गाउँपालिकाको बिरिङ नदीको पुल र बाह्रदशीको अदुवा खोलाको काठे पुलमा क्षति पुर्‍याएको हो । 

शुक्रबार साँझ साढे ७ बजे वर्षाको कारणले झापा गाउँपालिका ५ पान्थापाडास्थिति बिरिङ नदीमा आएको बाढीले हुलाकी राजमार्ग जोड्ने पक्की पुलमा क्षति पुर्‍याएको छ । बाढीले पुलको पश्चिम साइटको १० मिटर जति भाग कटान गरी क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । 

हाल हुलाकी राजमार्ग अवरुद्ध बनेको प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । ११ वर्षपछि बनेको बिरिङ पुलमा बाढीले क्षति पुर्‍याएपछि फेरि त्यहाँका स्थानीय निराश बनेको छ । उनीहरूले छिटो भन्दा छिटो पुल सुचारु गराउन माग गरेका छन् । त्यस्तै अर्जुनधारा– खुदुनावारी जोड्ने बिरिङ पुल पूर्ण रुपमा क्षतिग्रस्त भएकाले गएराति देखि नै आवागमन बन्द गरिएको छ । यसअघि आंशिक क्षति पुगेको सो पुलमा केही दिनदेखिको अविरल वर्षाले पुरै क्षति पुगेको हो । पुलको दक्षिण साइडको अन्दाजी १० मिटर पुल बगाएको छ ।  

बिरिङ पुलमा क्षति पुगेपछि अर्जुनधारा–७ को फूलमति टोल, मिलडाँडाको बाटो हुँदै यातायातका सवारीसाधनहरू सञ्चालन भइरहेको डीएसपी चन्दले बताए । त्यसैगरी शुक्रबार राति ८ बजेर २० मिनेटको समयमा बाह्रदशी गाउँपालिका ३ कोनाबारीस्थित पूर्व पश्चिम जोड्ने अदुवा खोलामा रहेको काठको पुल क्षति पुर्‍याएको छ । 

खोलामा बढेको बहावका कारण काठको पुलको बीच भाग भाँचिएकोले आवागमन बन्द गरिएको छ । अहिले त्यहाँका स्थानीयहरू वैकल्पिक बाटो प्रयोग गर्न बाध्य छन् । यता मेची राजमार्ग अन्तरगत चाराआली केचना सडक खण्डमा पर्ने कल्भर्टमा क्षति पुगेको छ । 

खोलामा आएको बाढीले भद्रपुर नगरपालिका १ र कचनकवल गाउँपालिका ६ जोड्ने राजमार्ग रहेको कल्भर्टको दुवैतर्फ सामान्य क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.