धादिङमा पहिरोमा पुरिएर एकजनाको मृत्यु , धादिङबेसी जोड्ने सडक अवरुद्ध

धादिङमा पहिरोमा पुरिएर एकजनाको मृत्यु , धादिङबेसी जोड्ने सडक अवरुद्ध

धादिङ : धादिङमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । आज बिहान करिब ६ बजेतिर घरमाथि पहिरो खस्दा थाक्रे गाउँपालिका -६ महादेवबेशीका ४५ वर्षीय सानु राईको मृत्यु भएको प्रहरीले बताएको छ । धादिङमा हिजोदेखि अविरल वर्षा भइरहेको छ ।

यसैगरी धादिङको सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसँग जोड्ने कालु पाण्डे राजमार्ग पहिरोले अवरुद्ध भएको छ । धादिङको नीलकण्ठ नगरपालिका -८ दारेगौडा र साघुटारमा सडक माथिबाट खसेको ढुंगगा माटोसहितको पहिरोले सडक दुईतर्फी अवरुद्ध भएको हो। 

अहिले त्यस क्षेत्रमा सवारी आवागमन पूर्ण रुपले अवरुद्ध बनेको छ । पहिरोले ढुंगा र रुखहरू खसेकोले तत्काल बाटो खुलाउन कठिन रहेको नीलकण्ठ नगरपालिका -८ का वड़ा अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए। पहिरो खसेको दुबै ठाउँमा साँघुरो र घुम्ती भएकोले जोखिम अत्याधिक रहको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.