सरिसवा नदीको बाढी बस्तीमा पस्यो, वीरगन्जका विभन्न टोल डुबानमा
वीरगन्ज : अविरल वर्षाले सरिसवा नदिमा आएको बाढी वीरगन्ज महानगरपालिका-१० को रानीघाट, शीवपार्वती मठ, अशोकवाटिका लगायतका टोलमा शनिबार बेलुकी पस्दा ५ दर्जनभन्दा बढी घरमा पस्दा जनजीवन प्रभावित भएको छ।
बाढी पसेका घरहरुको निरीक्षण गर्दै वडाध्यक्ष ससशील साह कानुले उनीहरूका उद्धार गरेर धर्मशालामा बास बस्ने व्यवस्था मिलाएका थिए।