सिंहदरबारमा सर्वदलीय बैठक जारी
काठमाडौं : सिंहदरबारमा सर्वदलीय बैठक जारी रहेको छ। अविरल वर्षापछिको बाढी-पहिरो र त्यसबाट उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न कार्यवहाक प्रधानमन्त्री प्रकाशमान सिंहले बैठक आह्वान गरेका थिए।
मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ । केही जिल्लामा मानवीय क्षति भएको छ । सडक, पुलपुलेसा पनि भत्किएका छन् । आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारे बैठकमा छलफल हुनेछ। बैठकमा सरकारका मन्त्रीहरु समेत सहभागी छन्।
वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी-पहिरोमा परी हालसम्म १२९ जनाले ज्यान गुमाएका छन् भने ६२ जना बेपत्ता भएका छन्। बाढी पहिरोमा परी ६८ जना घाइते भएको प्रहरीले जनाएको छ।