प्रधानमन्त्री ओलीले एयरलाइन्सलाई भने : प्राकृतिक विपत्तिमा हवाई भाडा नबढाउनू

प्रधानमन्त्री ओलीले एयरलाइन्सलाई भने : प्राकृतिक विपत्तिमा हवाई भाडा नबढाउनू
फाइल तस्बिर।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यात्रुसँग पहिलेभन्दा सहुलियत दरमा भाडा लिन आग्रह गरेका छन्।  देशका मुख्य राजमार्ग बन्द भएको मौका छोपेर एयरलाइन्सहरूले भाडा बढाएपछि प्रधानमन्त्री ओलीले यात्रुसँग पहिले भन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न आग्रह गरेका हुन्।

अमेरिकामा रहेका प्रधानमन्त्री ओलीले हवाई भाडा अरू बेलाभन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको भन्दै पुरानै भाडामा यात्रु उडाउन निर्देशन दिए। उनले प्राकृतिक विपत्तिमा सबै मिलेर सामना गर्नुपर्ने बताए।

‘लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको छ। हवाई भाडा अरु बेला भन्दा महंगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ।’ ओलीले भनेका छन्, ‘हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरुसँग पहिले भन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ। नेपाल सरकार पर्यटन मन्त्रालयले पनि हवाई यात्रुको लागि र उद्धार उडानको लागि विशेष निर्णय गरेको छ।  हामीमाथि परेको प्राकृतिक विपत्ति हामी सबै मिलेर सामना गर्नु पर्छ।’

यता विमान सेवा कम्पनीहरुले आफू खुसी हवाई भाडा बढाउँदा नागरिकमा यसले ठूलो असर पारेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेलाई राज्य व्यवस्था तथा सुशासन समितिले नियन्त्रण गर्न निर्देशन दिएको छ। 

राजधानी काठमाडौंसँग बाहिरी जिल्ला जोड्ने सबै सडक बन्द भएकाले अत्यावश्यक काम परेका यात्रुले हवाई यात्रा गर्न बाध्य भएका छन्। तर, प्राय सबै एयरलाइन्सले आन्तरिक उडानतर्फको भाडादर अधिकतम लागू गरेका छन्। बाढी पहिरोकोका कारण देशभरको जनजीवन प्रभावित भएको अवस्थामा सरकार र सरोकारवाला पक्षले आ-आफ्नो स्थानबाट जिम्मेवार बनी प्रभावित जनतालाई सहयोग गर्नु पर्ने देखिएको समितिको भनाई छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.