प्रधानसेनापति सिग्देलसँग चिनियाँ राजदूत सोङको भेटवार्ता
काठमाडौं : प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि चीनका राजदूत छन् सोङ्बीच शिष्टाचार भेट भएको छ।
आइतबार जंगी अड्डा स्थित प्रधान सेनापतिको कार्यकक्षमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
भेटले दुई देशबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ तुल्याउन योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको निर्देशनालयको भनाई छ।