क्यानडामा नेपालको पहिलो जित, ओमान ३७ रनले पराजित

क्यानडामा नेपालको पहिलो जित, ओमान ३७ रनले पराजित

काठमाडौं : क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटमा ओमानलाई हराउँदै नेपाल विजयी भएको छ। किङ सिटीमा आज राति भएको खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो। 

जितका लागि १७७ रनको लक्ष्य पाएको ओमानले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १३९ रन बनाउँदै अल आउट भयो। ओमानका लागि सोएविब खानले  ३९ बलमा सर्वाधिक ४५ रन र १२ बलमा रफिउल्लाले ३३ रनको योगदान गरे भने फयाज बुट्टले १७ रन जोडे। प्रतिक अथाभालेले १५, खालिद कैलले ११ रन जोडे।

नेपालका लागि करण केसीले ३ विकेट, कुशल भुर्तेलले २ विकेट र  सन्दीप लामिछाने, रिजन ढकाल, दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए।null

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रनको योगफल बनाएको थियो। नेपालका लागि गुल्शन झाले सर्वाधिक ४० रन बनाए। उनले १७ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४० रनको योगदान गरे।

त्यसैगरी कुशल मल्लले ३० रन, आसिफ शेख र अनिल शाहले २७/२७ रन, कुशल भुर्तेलले २० रन र ऐरीले १८ रन बनाए। यता कप्तान रोहित पौडेल भने २ रनमा आउट भएका थिए।  

ओमानका लागि अकिब इलियासले सर्वाधिक तीन विकेट, सकिल अहमेद, फैयाज बुट्ट र जिशान मक्सूदले १/१ विकेट लिए। नेपालले तेस्रो खेलमा मंगलबार क्यानडासँग र चौथो खेलमा बुधबार पुन: ओमानको सामना गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.