फराकिलो ठाउँ देखेर गाडी रोकिए, त्यही ठाउँमा पहिरोले पुर्‍यो

फराकिलो ठाउँ देखेर गाडी रोकिए, त्यही ठाउँमा पहिरोले पुर्‍यो

चितवन : फराकिलो ठाउँ देखेर सवारी पार्किङ गरिए । त्यही ठाउँमा पहिरो खस्यो । त्रिभुवन राजपथको झ्याप्ले खोलामा खसेको पहिरोले तीनवटा यात्रुवाहक साधन र ३५ जनालाई एकैपटक पुर्‍यो ।

फराकिलो ठाउँ देखेर रोकिएका गाडी माथिबाट लेदोसहितको १० फिट अग्लो पहिरो खस्यो । जोखिमयुक्त सडकका कारण अनाहकमा यात्रुले ज्यान गुमाए, कैयांैले सास्ति पाए । रातिमा खसेको पहिरोले राजधानीको यात्रामा निस्केकाहरूको जिन्दगीको यात्रा नै टुंग्याइदियो । धुनिबेंसी नगरपालिका–९ झ्याप्ले खोलामा क्षणभरमै धेरैको सपना समाप्त भए ।

घटनामा बिचल्ली पर्ने यात्रुको चिच्चाहट पनि उस्तै थियो । कोही विदेशको उडान, कसैलाई परीक्षाको चटारो । यो बाध्यतालाई रोकेन झरी र पहिरोले । हिँडेरै सकसको यात्रा गरेर राजधानी प्रवेश गरे । भिरको बाटो अनि पहिरोको डर । जोखिम मोलेरै धेरैले सास्तिको यात्रा गरे । यिनै मध्ये चितवनस्थित भरतपुर ४ का दयाराम पौडेलले भिरको बाटो छिचोलेरै काठमाडौं पुगेको बताए । वैदेशिक रोजगारका लागि अन्तर्वार्ताका हिँडेका पौडेलले जोखिमको यात्रा मात्रै गरेनन् , सास्ति पनि पाए । ‘राजधानी जाने बाटोको हालत यस्तो रह्यो कि ज्यान हत्केलामा राखेर हिडेर काठमाडौं आएँ, ’ उनले भने , ‘बाटोमा भगवान पुकार्दै परिवार सम्झिदै हिडे ।’ प्रहरीले छोटो बाटो देखाइदिएपछि उनीहरू हिँडरै राजधानी छिरे ।

राजमार्गको सबै ठाँउमा पहिरो खसेको छ । त्रासको मानसिकतामा अधिकांशले यात्रा गरे । नौबिसेभन्दा माथि बढी जोखिम छ । सित्रेखोलाभन्दा माथि धेरै पैदल यात्रा गए । पहिरोले हिँड्न सकस भए पनि कामको बाध्यताले यात्रा गरे ।

चितवनबाट अध्ययनका लागि गएका पूर्वी चितवन जुटपानीका सुप्रिम कँडेलले जीवनकै कष्टकर यात्रा गरेको दुखेसो गरे । ‘पढ्नका लागि भर्ना गर्ने समय सकिन लाग्यो । बीचमा आएपछि यस्तो भयो । नफर्किन मिल्यो न अगाडि जान । कहाँ कतिखेर पहिरो आउँछ, डरैडरमा ज्यान बचाएर काठमाडौं पुगें,’ उनले भने , ‘भोकले रन्थनिएको बेला बाटोमा त्यस्तै महँगीको मारमा परेम् । सारै दुःख पाइयो ।’

घटनास्थलमा यात्रु र तीनका आफन्तको चिच्चाहट र कोलाहल पनि कम्ती दर्दनाक थिएन । घटनास्थलबाट आठ किलोमिटर परसम्म सवारी जाम थियो । पछि चन्द्रागिरि नगरपालिकासँगको समन्वयमा सुरुङ मार्गबाट अलपत्र तरकारी, मासुजन्य पदार्थ, पशुचौपाया ढुवानीका साधनलाई पनि सुरुङ मार्गबाट प्रवेश गराइएको थियो । सडकमा रहेका यात्रुले महँगो शुल्क तिरेर खाएका थिए ।

राजधानीबाट १५ किलोमिटरको दूरीमा रहेको घटनास्थलमा उद्धारमा ढिलाइ भयो । सरकारको सक्रियतामा तदारुकता देखिएन । शनिबार बिहान साँझबाट थालिएको उद्धारको काममा शनिवार राती करिब आठ बजे मात्रै सकिएको थियो । घटनास्थलभन्दा करिब तीन सयम मिटर माथीबाट पहिरो खसेको हो

गोरखाको धार्चे गाउँपालिका–७ लापुबेँसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बसमा पाँच जना फेला परे । बसबाट चालक गोरखा भीमसेन थापा गाउँपालिका ४ धावाका मदन दमाई, बसका स्टाफहरू धावाकै विनय भट्टराई, गण्डकी गाउँपालिका फुजेलका नवराज तिवारी, धार्चे गाउँपालिका– ७ का सुकबहादुर गुरुङ रहेको गोरखा दरौंदी यातायात सेवा प्रालिले जनाएको छ । चितवनबाट गएको बा २ ख १३४५ नम्बरको माइक्रो बस (जम्बोहाइस) मा चालक सहित १६ जना को शव फेला परेको थियो । बुटवलबाट गएको लु १ ज ४५७८ नम्बरको माइक्रोबसमा डेढ वर्षको बच्चासहित १४ जनाको शव फेला पर्‍यो ।

त्रिभुवन राजपथअन्र्तगत नौविसे–नागढुंगाको बीचमा सडक स्तरोन्नतीको काम भइरहेको छ । राजधानी काठमाडौंबाट करिब १५ किलोमिटरको दूरीमा घटनास्थल पर्छ । दुई दिन हुँदा पनि उद्धारमा ढिलाइ भएको छ । ‘भीरमाथिको सडक पहिला थुनिएको हो । त्यसपछि तल्लो भिरमा आएर पहिरो खसेको हो । हामीलाई खोज्नै समय लाग्यो । शनिबार साँझ मात्रै सबे निकालेका हौं,’ घटनास्थलमा खटिएका वडा अध्यक्ष माधव सिलवालले भने, ‘गाडीको पाटपुर्जा अलग भएको अवस्था थियो । सबैको सहयोगबाट साँझ मात्रै उद्धारको काम सकिएको हो ।’ उनका अनुसार झ्याप्ले खोलामा २०५५ र २०५९ सालमा पनि पहिरो गएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.