सडक सञ्चालनमा आएसँगै त्रिभुवन राजपथमा सवारी जाम बढ्यो

सडक सञ्चालनमा आएसँगै त्रिभुवन राजपथमा सवारी जाम बढ्यो
तस्बिर : अन्नपूर्ण

धादिङ : आइतबार साँझदेखि सञ्चालमा आएको त्रिभुवन राजपथमा सवारी जाम बढेको छ।  झ्याप्ले खोलाको पहिरोले घण्टौं यातायात आवागमन बन्द हुँदा रोकिएका सयौं सवारी साधनहरू चल्न थालेपछि जाम बढेको हो।

चालकहरूले ट्राफिक नियमको पालना नगर्ने,जथाभावी ओभरटेक गर्दा ट्राफिक जाम बढेको हो।  सवारी जाम खुलाउन ट्राफिक प्रहरी र प्रहरीले प्रयास गरेपनि दुवै तर्फबाट हुने ओभर टेकले गर्दा उनीहरूलाई समेत सास्ती भइरहेको छ । 

चालकहरूले  ट्राफिक नियम पालना नगर्दा दुर्घटनाको जोखिम समेत बढेको छ।  चाडपर्व नजिकिँदै जाँदा गृहजिल्ला फर्किनेहरूको समेत चाप बढ्ने भएकाले आगामी दिनमा राजमार्गमा सवारी जामको समस्या अरु बढ्ने देखिन्छ ।

झ्याप्ले खोलाको पहिरो पन्छाएपछि अहिले दुई तर्फी नै यातायात सञ्चालनमा आइसकेको छ । झ्याप्ले खोलामा पहिरोले सवारी साधन पुर्दा ३५ यात्रुले ज्यान गुमाएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.