कोशी सरकारले गर्ने लगानी सम्मेलनको मिति तय

कोशी सरकारले गर्ने लगानी सम्मेलनको मिति तय

विराटनगर : कोशी प्रदेश सरकारले गर्ने लगानी सम्मेलनको मिति तय भएको छ। प्रदेश सरकारले आगामी माघमा ३ दिनसम्म लगानी सम्मेलन गर्ने भएको हो। 

मुख्यमन्त्री हिक्मतकुमार कार्कीका आर्थिक सल्लाहकार मोहन सुवेदीका अनुसार माघ ११, १२ र १३ गते पहिलोपटक लगानी सम्मेलन गर्ने तय भएको छ। प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न र कोशी प्रदेशमा औद्योगिक वातावरण बनेको सन्देश दिन सम्मेलन गर्न लागिएको सुवेदीले बताए। 

कोशी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यसको अवधारणा पारित गर्दै मिति तय गरेको हो। निजी क्षेत्रको सहकार्य र समन्वयमा यो सम्मेलन गर्ने तयारी सरकारको छ। कोशी प्रदेश सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि लगानी सम्मेलन गर्ने विषय उल्लेख थियो। 

सोही अनुसार यो कार्यक्रमलाई अगाडि बढाइएको जानकारी सुवेदीले दिए। प्रदेश लगानी प्राधिकरणले यसको आवश्यक समन्वय, सहजीकरण र लगानीको क्षेत्रहरू तय गर्ने छ। प्रदेश सरकारले यो कार्यक्रम सम्पन्न गर्न करिब ३ करोड बजेट छुट्याएको छ। 

सम्मेलनमा नेपाल, भारत र तेस्रो मुलुकका समेत लगानीकर्ताहरूलाई आमन्त्रण गर्ने प्रदेश सरकारको तयारी छ। प्रदेशका सम्भावित आयोजनाको क्षेत्र पहिचान गरी ती क्षेत्रमा लगानी भित्राउन प्रदेश सरकारले संघ र स्थानीय तहको नीतिगत व्यवस्थालाई सुधार गर्न पहल गर्ने छ। 

साथै प्रदेशले गर्नुपर्ने कानुन संशोधन तत्कालै गर्ने तयारी सरकारको छ। पीपीपी मोडेलको लगानी अवधारणालाई आत्मसात गर्दै निजी क्षेत्रलाई प्रदेश विकासमा अधिकतम रूपमा संलग्न गराउने लक्ष्यका साथ लगानी सम्मेलन आयोजना गर्न लागिएको सुवेदीको भनाइ छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.