विकलविरुद्ध झन्डै २ अर्बको विदेशी विनिमय अपचलन मुद्दा

विकलविरुद्ध झन्डै २ अर्बको विदेशी विनिमय अपचलन मुद्दा

विभागका अनुसार श्रीमती एलिना बस्नेत प्रतिवादी पौडेलले गरेको अवैध विदेशी मुद्राको कारोबार गर्ने कार्यमा संलग्न देखिएको छ ।

काठमाडौँ : सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध झन्डै २ अर्बको बिगोसहितको मुद्दा जिल्ला अदालतमा दर्ता गरिएको छ । राजस्व अनुसन्धान विभागले प्रतिवादी पौडेललाई विदेशी विनिमय अपचलनको आरोपमा मुद्दा दर्ता गरेको हो । उनकी श्रीमती एलिजा बस्नेतलाई विभागले प्रतिवादी बनाएको छ ।

नेपाल राष्ट्र बैंकको अनुमति/स्वीकृति नलिई विदेशी बैंकमा खाता खोली रकम जम्मा गर्नेदेखि श्रीमती लगायतको नाममा विदेशी बैंकमा जम्मा गरेको पाइएको आरोप पत्रमा उल्लेख छ । विदेशमा रहेका बैंक खातामा विभिन्न व्यक्तिबाट रकम जम्मा भएको/गराएको कारण पौडेलले गैरकानुनी रूपमा विदेशी बैंकमा रकम जम्मा गरेको पुष्टि भएको विभागले जनाएको छ । 

प्रतिवादी पौडेलले विदेशी विनिमय (नियममित गर्ने) ऐनको उल्लंघन गरी नेपाल राष्ट्र बैंकले तोकिदिएको व्यवस्थाविपरीत नेपाल बाहिर रहेको बैंकमा खाता खोली अवैध रूपमा रकम जम्मा गरेको देखिएको आरोप पत्रमा छ । विदेशी विनिमय (नियमित गर्ने) ऐनले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत परिपत्रमा रहेको व्यवस्थाविपरीत कार्य गरी विदेशी विनिमय अपचलन गरी कारोवार गरेको विदेशी मुद्रा (अमेरिकी डलरसमेत) को जम्मा हुने नेपाली रुपैयाँ ६१ करोड १३ लाख २१ हजार १५३ अपचलन गरेको पुष्टि भएको पाइएको छ ।

प्रतिवादी पौडेललाई विदेशी विनिमय अपचलन गरी कारोबार गरेको विदेशी मुद्राको जम्मा हुन आउने नेपाली रुपैयाँ ६१ करोड १३ लाख २१ हजार १५३ बिगो कायम गरी सोही ऐनको दफा १७ बमोजिम ३ गुणाले गणना हुने बिगो १ अर्ब ८३ करोड ३९ लाख ६३ हजार ४५९ समेत सजाय हुन मागदाबीसहित काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको छ । विभागका अनुसार श्रीमती एलिना बस्नेत प्रतिवादी पौडेलले गरेको अवैध विदेशी मुद्राको कारोबार गर्ने कार्यमा संलग्न देखिएको छ ।

एलिना बस्नेतलाई फरार कायम गरी अमेरिकी डलर १ लाख २९ हजार अमेरिकी डलर (१ करोड ५२ लाख ७० हजार ७ सय ४० रुपैयाँ बिगो) कायम गरी विदेशी विनिमय (नियमित गर्ने) ऐनबमोजिम ४ करोड ५८ लाख १२ हजार २२० सजाय हुन मागदाबी गरिएकोे छ । योभन्दा अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) लगायतले आधा दर्जन मुद्दा दर्ता गरेको छ । 

सुरक्षण मुद्रण केन्द्रमा कुनै हालीमुहाली गरेका पौडेलमाथि पछिल्लो मुद्दै मुद्दा छन् । केही मुद्दामा अदालतले समेत उनलाई दोषी ठहर गरिसकेको छ । सुरक्षा मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलले सेक्युरिटी प्रेसको बोलपत्र, बिभिन्न सामाग्री खरिदमा भ्रष्टाचार गरेको, अकुत सम्पत्ति आर्जन गरेको, विदेशको पीआर लिएर नेपालमा सार्वजनिक पदमा बसेको लगायतका मुद्दा छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.