बलिउड अभिनेता गोविन्दाको खुट्टामा गोली लाग्यो
नयाँ दिल्ली : बलिउड अभिनेता तथा शिव सेना (शिन्दे गुट)का नेता गोविन्दाको खुट्टामा गोली लागेको छ । उनलाई आफ्नै रिभल्भरले गोली लागेको हो। उनको तत्काल उपचार गर्न अस्पताल लगिएको सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।
गोविन्दालाई मुम्बईस्थित आफ्नो घरमा रिभल्भर सफा गर्दै गर्दा गल्तीले खुट्टामा गोली लागेको बताइएको छ ।
घटनाको समयमा उनकी श्रीमती घरमा नभएकी बताइएको छ।
गोविन्दाका प्रबन्धकले भने,'उनले आफ्नो लाइसेन्स प्राप्त रिभल्भर कभरमा राख्दै थिए, सोही समय रिभल्भर खुट्टामा खस्यो र गोली लाग्यो।' डाक्टरहरूले उनको खुट्टाबाट गोली निकालेका छन् र अहिले उनी पूर्णतया स्वस्थ रहेको बताइएको छ।