सडक पूर्णरुपमा सञ्चालनमा नआएसम्म वायु सेवा कम्पनीले अधिकतम भाडा नलिने

सडक पूर्णरुपमा सञ्चालनमा नआएसम्म वायु सेवा कम्पनीले अधिकतम भाडा नलिने

काठमाडौं : सडक पूर्णरुपमा सञ्चालनमा नआएसम्म वायु सेवा कम्पनीलेहरूले अधिकतम भाडा नलिने भएका छन्।  संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री  बद्री पाण्डेको विशेष पहलपछि सडक सञ्जााल सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम् हवाई भाडा नलिन बायुसेवा कम्पनीहरू सहमत भएका छन् 

वायु सेवा सञ्चालक समितिले सडक सञ्चालनमा नआएसम्म मंहगो भाडादरमा टिकट बिक्री नगर्ने भएका हुन्। यसअघि तीन दिनका लागि मात्र कम भाडादरमा टिकट बिक्री गर्न सहमत भएका हवाई कम्पनीहरूले अहिले सडक यातायात पूर्णरुपमा सञ्चालन नभएसम्म कम भाडादरमै टिकट बिक्री गर्ने भएका हुन्।

वायु सेवा सञ्चालक समितिले प्रेस विज्ञप्ति जारी गर्दै बाढी पहिरोपछि सडक सञ्जाल समेत सञ्चालनमा नआउँदासम्म सरकारले तोके बमोजिम लिँदै आएको उच्चतम् भाडादरमा हवाई टिकट नबेच्न निर्देशन दिइएको हो । यसअघि गत असोज १३ गते मन्त्री पाण्डेको निर्देशनमा वायु सेवा कम्पनीहरू हवाई भाडा घटाउन सहमत भएका थिए । 

अविरल वर्षासँगै बाढी पहिरोका कारण देशभरका अधिकांश सडक सञ्जाल र राजमार्गहरू अवरोध भएका छन् । बाढी-पहिरो र डुबानले गर्दा देभभरको जनजीवन प्रभावित बनेको छ। केही जिल्लाहरूमा मानवीय क्षति भएको छ। सडक पुलपुलेसा पनि भत्किएका छन्।

वर्षाका कारण विभिन्न स्थानमा बाढी -पहिरोमा परी हालसम्म २१७ जनाको मृत्यु भएको छ भने २८ बेपत्ता छन्। १४३ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार बाढी पहिरोमा फसेका ४ हजार ३३१ जनाको उद्दार गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.