अलपत्र परेका यात्रुलाई तत्काल उद्धार गरी गन्तव्यमा पुर्‍याउन राज्य व्यवस्था समितिको निर्देशन

अलपत्र परेका यात्रुलाई तत्काल उद्धार गरी गन्तव्यमा पुर्‍याउन राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था समितिले राहत तथा पुनःस्थापनाको काम तदारुकताका साथ गर्न सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सम्भव भएसम्म सबै उपाय लगाएर भए पनि प्राकृतिक विपदमा परेको नागरिकको राहत तथा पुनलस्थापनाको काम तदारुकताका साथ गर्न सरकारलाई निर्देशन दिएको हो।

त्यस्तै अवरुद्ध भएका सडक सञ्जालहरू यातायात चल्न सक्ने गरी मर्मत गर्न, हवाई भाडा बढ्न नदिन, खाद्यान्नको मूल्यवृद्धि हुन नदिन सरकारको ध्यानाकर्षण गराएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए।

अलपत्र परेका यात्रुहरूलाई तत्काल उद्धार गरी गन्तव्यमा पुर्‍याउनका लागि र थप जनधनको क्षति हुन नदिन सबै तयार गर्न पनि बैठकले सरकारलाई निर्देशन दिएको उनले बताए। 

बैठकमा गृहमन्त्री रमेश लेखकले सबै मिलेर विपद्को चुनौतीको सामना गर्दै नागरिकको सहज जीवनयापनमा लाग्नुपर्ने बताए। 

उनले खोज, उद्धार र प्रतिकार्यका लागि तयार गरेकै अवस्थामा प्राकृतिक प्रकोपको घटना भएकाले खोज, उद्धार प्रभावकारी रूपमा भएको उल्लेख गरे। गृहमन्त्री लेखकले प्रभावितलाई अस्थायी आवास बनाउन रकम दिने निर्णय भए अनुसार तीन दिनभित्र पहिलो किस्ता उपलब्ध गराउने बताए। त्यस्तै घटनामा मृत्यु र बेपत्ता भएका नागरिकको परिवारलाई राहत दिने जानकारी दिए

क्षतिग्रस्त संरचनाहरूको छिटोभन्दा छिटो निर्माण गर्न सरकारको ध्यान केन्द्रित रहेको उनले बताए


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.