कांग्रेस बैठकमा गृहमन्त्रीको ब्रिफिङ- बाढी-पहिरो पीडितका लागि सरकारले केही गरेन भन्नू न्यायोचित हुँदैन

कांग्रेस बैठकमा गृहमन्त्रीको ब्रिफिङ- बाढी-पहिरो पीडितका लागि सरकारले केही गरेन भन्नू न्यायोचित हुँदैन

काठमाडौं : गृहमन्त्री रमेश लेखकले कांग्रेस संसदीय दलको बैठकमा बाढी-पहिरोबाट भएको मानवीय र भौतिक क्षतिको ब्रिफिङ गरेका छन् । मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा गृहमन्त्री लेखकले उद्धार, राहत र घाइतेको उपचारबारे जानकारी गराएका हुन् । उनका अनुसार सरकारले ७ सयभन्दा बढी मानिसको हेलिकोप्टरबाट उद्धार गरिको छ । 

सरकारले तत्काल अस्थायी आवास निर्माण गर्ने र आगामी दिनमा स्थायी आवास बनाउने व्यवस्था मिलाइएको बताए। क्षतिग्रस्त संरचनाको मर्मत गरि सञ्चालनका लागि सरकारले काम अगाडि बढाएको गृहमन्त्री लेखकले बताए।

गृहमन्त्री लेखकले गृह मन्त्रालयको सहसचिवको नेतृत्वमा सोमबार ८ वटा टोली बनाएर आजै क्षतिग्रस्त ८ जिल्लामा पठाइएको बताए । यातायात सञ्चालन गरी मुल्यवृद्धि नियन्त्रणका लागि सरकार सचेत रहेको बताए । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीले सडक संचालनका लागि काम गरिरहेको उनको भनाइ थियो । 

गृहमन्त्री लेखकका अनुसार नख्खु खोलमा टिनको छाप्रोमा उद्धार गर्ने विषयमा सशस्त्र प्रहरी र नेपाल प्रहरी पठाइएको थियो । 'सशस्त्र प्रहरीको बोट पल्टिँदा उद्धारमा समस्या भएको हो । त्यतिबेला नेपाली सेनाले हेलिकोप्टर उठाउने भिजिविलिटी नभएकोबारे मलाई जानकारी गराएको थियो। एकजना स्थानीयले उद्धार गरेपछि नेपाल प्रहरीकै गाडीमा अस्पताल लगिएको थियो । प्रहरीले सहयोग नगरेको भन्ने होइन, उनले भने,' चार हजार भन्दा बढीको सरकारले उद्धार गरेको छ । एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नू न्यायोचित हुँदैन।'

सरकारले अहिले पनि राहत र उद्धारको काम भइरहेको गृहमन्त्री लेखकले बैठकमा सुनाएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.