बाढी पहिरो पीडितका लागि राष्ट्रिय वाणिज्य बैंकद्वारा दुई करोड हस्तान्तरण

बाढी पहिरो पीडितका लागि राष्ट्रिय वाणिज्य बैंकद्वारा दुई करोड हस्तान्तरण

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ हस्तान्तरण गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सो बैंकको सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुंगानाले आज सो रकमको चेक हस्तान्तरण गरेका हुन्। 

प्रधानमन्त्री ओलीले बैंकप्रति धन्यवाद दिँदै बाढी, पहिरो र डुबानले जनता अप्ठ्यारोमा परेका बेला यस प्रकारका सहयोग र ऐक्यबद्धताले राहत मिल्ने बताए। कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरिएको अवगत गराए। मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिक रूपमा एक अर्ब रुपैयाँ जम्मा गर्ने निर्णय गरेको थियो।

त्यस्तै भाटभटेनी सुपरमार्केटले एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ र युनिलिभर नेपालले २० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.