विपद्

भारी वर्षा हुने प्रक्षेपण भएपछि ‘हाइअलर्ट’ मा रहन गृहमन्त्रीको निर्देशन

भारी वर्षा हुने प्रक्षेपण भएपछि ‘हाइअलर्ट’ मा रहन गृहमन्त्रीको निर्देशन
फाइल तस्बिर।

काठमाडौं : गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशमा हाइअलर्ट रहन सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, सुरक्षा संयन्त्र र स्थानीय तहहरुलाई निर्देशन दिएका छन्।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन गृहमन्त्री लेखकले आग्रह गरेका हुन्।

उनले भने, ‘वर्षाको पूर्वानुमान गरिएअनुसार मैले कोशी र बागमती प्रदेशका प्रमुख जिल्ला अधिकारी, प्रदेश र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई अलर्ट रहन निर्देशन दिएको छु।’ 

थप समन्वय र सो सम्बन्धी आवश्यक काम कारबाहीका लागि गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुख र विपद् प्राधिकरण तयारी अवस्थामा रहन निर्देशन दिएको गृहमन्त्री लेखकले बताए। मन्त्री लेखकले यसअघिको बाढी र पहिरोले मुलुका धेरै राजमार्गहरु अवरुद्ध रहनुका साथै पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन सबैमा आग्रह गरे।

हालसम्म बाढी–पहिरो डुबानबाट २२८ को मृत्यु भएको छ भने २५ बेपत्ता छन्। १५९ जना घाइते छन्। गत शुक्रबार र शनिबार परेको अविरल वर्षापछिको बाढी-पहिरो जाँदा गृहमन्त्रीले समन्वय गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ। मौसमविद्को रेडअलर्ड जारी गरेपनि सरकारले आवश्यक पूर्वतयारी नगरेको र उद्धारमा खट्न नसकेको भन्दै आलोचना भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले आज र भोलि कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.