काभ्रेमा बाढी पहिरोबाट अझै ८ जना बेपत्ता
काभ्रे : काभ्रेमा बाढी पहिरोबाट बेपत्ता ८ जनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। बेपत्ता ८ जना मंगलबार रातीसम्म खोजविन भएको नभेटिएको प्रहरीले जनाएको छ।
बाढी पहिरोबाट तेमाल गाउँपालिकामा ४ जना, चौरिदेउराली १, नमोबुद्ध १ र धुलिखेलबाट १ जना बेपत्ता रहेका प्रहरी निरीक्षक दिनेश कुँवरले जानकारी दिए। १२ गतेको अविरल वर्षामा बेपत्ता भाकाहरू बुधबार बिहानसम्म खोजी जारी भए पनि भेट्न सकिएको छैन। बेपत्ताको खोजी गर्न नेपाली सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरीको टोली विभिन्न पालिकाहरुमा खटिएका छन्।
तेमाल गाउँपालिका-२ बाट ३ वर्षीया बालिका प्रिया तामाङ र ६ वर्षीया बालिका अप्रिया तामाङ बेपत्ता रहेका नेपाली सेनाको टोलीले खोजविन गरिरहेको वडा अध्यक्ष देव लामाले जानकारी दिए। तेमालकै वडा न १ बाट ७५ वर्षका दिलबहादुर भण्डारी र उनकी श्रीमती ७३ वर्षीय रुद्रकुमारी भण्डारी अझै बेपत्ता रहेका वडा अध्यक्ष इन्द्र अधिकारीले जानकारी दिए।
चौरी देउराली गाउँपालिकाबाट ४० वर्षकी शान्ता रिमाल, नम बुद्धबाट ७२ बर्षका गंगा ब धिताल र धुलिखेल बाट ४२ बर्षकी गीता श्रेष्ठ अझै बेपत्ता रहेको खोजी कार्य जारी रहेको प्रहरिले जनाएको छ। जिल्लामा पछिल्लो बुधबार बिहानसम्मको जानकारी अनुसार बाढी पहिरोबाट ६७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।