सिन्धुलीको हरिहरपुरगढीका बाढी-पहिरो पीडितलाई राहत वितरण

सिन्धुलीको हरिहरपुरगढीका बाढी-पहिरो पीडितलाई राहत वितरण
तस्बिर : अन्नपूर्ण

सिन्धुली :  सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका बाढी पीडितलाई गाउँपालिकाले राहात वितरण गरेको छ । गत बिहीबारदेखि लगातारको वर्षापछि बागमती नदीमा आएको बाढीका कारण घरबारबिहीनी भएका पीडितलाई गाउँपालिकाले राहात सामाग्री वितरण गरेको हो । 

शुक्रबार र शनिबार बागमती नदीमा आएको  बाढीले घरगोठ बगाएर बेघर भएकाहरूलाई गाउँपालिकाले खाद्यान्न,लत्ताकपडा, भाँडाकुडा, त्रिपाललगायतका राहत सामाग्री वितरण गरिएको गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले जानकारी दिए ।

बागमती नदी र साना खोला तथा खहरेमा आएको बाढी र पहिरोका कारण गाउँपालिकाको वडा नम्बर १ र ३ मा मात्र ५० घरमा क्षति पुगेको थियो । वडा नम्बर १ को बस्तीपुर, ककरे, कुर्लेफाट, चिसापानी कुडुले फाट, बेल्टार, पहरी दमार र वडा नम्बर ३ को बँगैचा,नयाँ बस्तीमा बागमती नदीको बाढी पस्दा ५० घर डुवानमा परेका थिए । तीमध्ये दशवटा बगाएर पूर्णरुपमा क्षति भएको छ । दर्जनौं पशु चौपाय नदीले 

बगाएको छ । 

बाढी प्रभावितलाई गाउँपालिकाको पहलमा उद्दार गरेको थियो । ‘मानवीय क्षति हुनबाट जोगाउन सफल भएपनि पशुचौपाय तथा अन्नपात, लत्ताकपडा, भाँडावर्तन सबै बाढीले बगायो । बाढीका कारण घरबारबिहीन भएकाहरूलाई गाउँपालिकाले खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा, त्रिपाल लगायतका राहत सामाग्री वितरण गरिएको हो,’अध्यक्ष वाइवाले भने ।

घर डुबानमा परेकाहरूको उद्धारमा गाउँपालिकाका अध्यक्ष आफै खटिएका थिए । ‘बामती नदीमा हेलिएरै पीडितहरूको उद्धार गरेका छौं । हामीलाई गाउँ प्रहरी तथा स्थानीयको सहयोग भएपनि राज्यका अन्य निकायको कुनै सहयोग पाएका छैनौं तर पनि पीडितलाई सुरक्षित स्थानमा राखेर राहात दिएका छौं । अब उनीहरूको पुनर्स्थापनाको काम थाल्ने छौं,’उनले थपे । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.