इजरायल र इरान आमने सामने, सयौं मिसाइल प्रहार

इजरायल र इरान आमने सामने, सयौं मिसाइल प्रहार

काठमाडौं : इरानले इजरायलमाथि सयौं मिसाइल प्रहार गरेको छ। इरानले मंगलबार इजरायलमाथि मिसाइल प्रहार गरेको हो। तीमध्ये केही केही मिसाइल इजरायलको सहरी क्षेत्रमा खसेको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन्।

इजरायलमाथि इरानले दोस्रोपटक आक्रमण गरेको हो। यसअघि गत अप्रिलमा पनि ड्रोनबाट आक्रमण गरेको थियो। इजरायली सेनाले आक्रमण रोकिएको बताए पनि इरानले गरेको आक्रमणबाट कति क्षति भयो भन्नेबारे अहिलेसम्म खुलाइएको छैन।

इजरायलको विदेश मन्त्रालयले भने इरानले १८१ वटा मिसाइल प्रहार गरेको बताएको छ। आक्रमणबाट एक जना प्यालेस्टीनीको मृत्यु भएको र दुई जना घाइते भएको मन्त्रालयले उल्लेख गरेको छ।

इरानको आक्रमणलाई लिएर इजरायलले कडा निन्दा गरेको छ। इरानी शासन विश्व शान्तिका लागि नै खतरा रहेको इजरायलले बताएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आक्रमण गरेर इरानले ठूलो गल्ती गरेको बताएका छन्। आक्रमण इरानलाई महँगो पर्ने प्रधानमन्त्रीले चेतावनीसमेत दिएका छन्। इरानले भने तलमाथि गरिए पुनः मिसाइल प्रहार गर्ने चेतावनी दिएको छ।

इरानले मंगलबार स्थानीय समयअनुसार साँझ साढे ७ बजे तेल अविव र आसपासका क्षेत्रमा मिसाइल प्रहार गरेको थियो। इजरायली सेनाले मध्य र दक्षिणी भूभागमा आक्रमण भएको पुष्टि गरेको छ। इजरायलले केही मिसाइलबाहेक सबैलाई परास्त गरेको बताएको छ। तर, इरानी सेनाले ९० प्रतिशत बढी मिसाइल 'टार्गेट'मै खसेको जनाएको छ। इरानको सरकारी मिडियाका अनुसार ती मिसाइल इजरायलको सैन्य केन्द्रहरूमा केन्द्रित थियो। तर, इजरायलको एयर डीफेन्सले मिसाइललाई नस्ट गरेको दाबी गरिएको छ।

टाइम्स अफ इजरायलका अनुसार इरानी आक्रमणका कारण करिब एक करोड इजरायली नागरिक सेल्टरमा बस्नुपरेको छ। इरानी आक्रमणलाई पनि परास्त गरिएको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ। अमेरिका र जोर्डनको सहयोगमा इरानी मिसाइल आकाशमै नस्ट गरिएको दाबी टाइम्स अफ इजरायलले गरेको छ।

इरानले किन गर्‍यो आक्रमण?
इस्लामिक रिभ्युल्शनरी गार्ड कोर (आइआरजीसी)ले आफ्ना कमान्डरको हत्याको जवाफस्वरुप इजरायलमाथि आक्रमण गरेको बताएको छ। आइआरजीसीको बयानमा हिज्बुल्लाहका प्रमुख असन नसरल्लाह र बेरुतमा हत्या गरिएको विषयमा उल्लेख छ। त्यतिमात्र होइन, इरानले हमासका राजनीतिक प्रमुख इस्माइल हनियाको हत्यामा पनि इजरायलको हात रहेको दाबी गरेको छ। तर, इजरायलले यो दाबीलाई इन्कार गर्दै आएको छ।

समाचार एजेन्सी रोयटर्सले इरानका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै आयातुल्लाह अली खान्मेनेईको व्यक्तिगत आदेशमा इजरालयमाथि आक्रमण भएको उल्लेख गरेको छ। यसले दुई देशबीचको द्वन्द्व झनै चर्किरहेको छ।

इरानी आक्रमणको धेरै देशले निन्दा गरेको छ। अमेरिका, बेलायत, क्यानडा, जापान, फ्रान्सलगायतले इरानी आक्रमणको विरोध गरेका हुन्। ती देशहरूले इजरायललाई साथ दिने घोषणा पनि गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.