संक्रामक रोग फैलन नदिन सबै मिलेर काम गरौं : स्वास्थ्य मन्त्री

संक्रामक रोग फैलन नदिन सबै मिलेर काम गरौं : स्वास्थ्य मन्त्री

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बाढी पहिरोजस्ता विपद्पछि संक्रामक रोग फैलन नदिन सतर्कता अपनाउनका लागि सरोकारवाला सबै मिलेर काम गर्नुपर्ने बताएका छन्।

बुधबार मन्त्रालयमा मन्त्रालयमा सरोकारवाला निकायसँग छलफल गर्दै मन्त्री पौडेलले बाढी पहिरोपछि पानीका स्रोत प्रदूषित भएको र यसकै कारण झाडापखाला, हैजा तथा डेंगुलगायतका संक्रामक रोग लाग्न नदिन आफ्नो तर्फबाट तयारी बढाउन र आवश्यक परेका सहयोगबारे जानकारी गराउन आग्रह पनि गरे।

विपद्का समयमा स्वास्थ्यकर्मीहरूले पुर्‍याएको योगदानको उनले प्रसंसा गरे। मन्त्री पौडेलले खानेपानीको शुद्धता बढाउन र कुनै पनि संक्रामक रोग फैलन नदिन स्थानीय तहसम्मै खानेपानी मन्त्रालय र प्रदेश तथा स्थानीय सरकारहरूसँग मिलेर काम गर्ने प्रतिवद्धता जनाए।

मन्त्री पौडेलले संघीय राजधानी उपत्यकामा जनसंख्या पनि बढी रहेको र अहिले संक्रमणको जोखिम बढी रहेकाले बढी प्राथमिकता दिएर संक्रमण रोक्न सचेतनासँगै रोकथामका उपाय अपनाइने बताए। बैठकमा बोल्दै खानेपानी मन्त्री प्रदीप यादवले पानीको शुद्धता बढाएर नागरिकलाई शुद्ध पानी दिनका लागि शुद्धीकरण सामग्री वितरण तथा सचेतनाका लागि स्वास्थ्य मन्त्रालयसँग सहकार्य गर्ने बताए।

बैठकमा बाढी पहिरोबाट बढी प्रभावित काभ्रेप्लाञ्चोक, सिन्धुपाल्चोक, कोशी, मधेस तथा गण्डकीलगायत प्रदेशका स्वास्थ्य सचिवहरूले आफूहरूले प्रदान गरिरहेको सेवाबारे जानकारी गराउँदै पानीको शुद्धीकरण तथा सचेतना फैलाउन मन्त्रालयको सहयोग माग गरेका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.