आजदेखि सर्वोच्च अदालत बन्द, बन्दी प्रत्यक्षीकरण रिटमा भने सुनुवाइ हुने

आजदेखि सर्वोच्च अदालत बन्द, बन्दी प्रत्यक्षीकरण रिटमा भने सुनुवाइ हुने

काठमाडौं : सर्वोच्च अदालत दशैं पर्वका अवसरमा आजदेखि बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने जनाइएको छ । उक्त निवेदन सुनुवाइका लागि बिदाको समयमा बिहान ११ बजेदखि ३ बजेसम्म खुला हुने भएको हो ।

सर्वोच्च अदालतले एक सूचना प्रकाशन गर्दै घटस्थापनादेखि कोजागत पूर्णिमासम्म अदालत बन्द रहने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइका लागि अदालत खुला रहने जानकारी गराएको हो।

न्याय प्रशासन ऐन,२०७३ को दफा २६ बमोजिम उक्त अवधिअन्तर्गत घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षकीकरणको रिट निवेदनमा सुनुवाइ हुने उल्लेख छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.