प्रधानमन्त्री ओलीसँग बंगलादेशका मन्त्री हसनको भेट, ऊर्जा सहकार्यबारे छलफल

प्रधानमन्त्री ओलीसँग बंगलादेशका मन्त्री हसनको भेट, ऊर्जा सहकार्यबारे छलफल
तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं : बङ्गलादेशका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।  नेपाल भ्रमणमा रहेका मन्त्री हसनले प्रधानमन्त्री निवास बालुवाटारमा आज शिष्टाचार भेट गरेका हुन्।

भेटमा नेपाल र बङ्गलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। null

सरकारले बंगलादेशसँग विद्युत् व्यापार सम्झौता गर्ने तयारी गरेको छ। बंगलादेश-नेपालबीच ४० मेगावाटको बिजुली खरिद–बिक्रीको सम्झौता हुन लागेको हो।

यसअघि गत साउन १३ मा ४० मेगावाट बिजुली खरिदबिक्री गर्न सम्झौता हुने भने पनि सम्झौता नहुँदै बंगलादेशमा तत्कालीन सरकारविरुद्ध विद्यार्थीको देशव्यापी प्रदर्शन चर्किएको थियो। त्यसपश्चात नयाँ सरकार बनेपछि बिजुली खरिदबिक्री सम्झौता के हुन्छ भन्ने अन्योल थियो। तर, नयाँ सरकारले पनि नेपालसँग विद्युत खरिद गर्ने सहमत जनाएपछि अहिले हसन काठमाडौंमा आएर दुई देशबीच सम्झौता गर्न लागेकी हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.