बाढी पहिरोमा घाइते भएकामध्ये ३५ को उपचार जारी, ६६८ जनाको निशुल्क उपचार

बाढी पहिरोमा घाइते भएकामध्ये ३५ को उपचार जारी, ६६८ जनाको निशुल्क उपचार

काठमाडौं : बाढी पहिरोबाट घाइते भएका १०८ जनामध्ये ७३ जना डिस्चार्ज भएका छन्। विभिन्न जिल्लामा उनीहरूको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार घाइतेमध्ये ५६२ जनाले ओपीडीमार्फत सेवा लिएका थिए। अन्तरंग सेवा लिएका १०८ मध्ये केहीको शल्यक्रियासमेत गर्नुपरेको प्रवक्ता बुढाथोकीले बताए। घाइते सबैलाई निशुल्क उपचार गरिएको प्रवक्ता बुढाथोकीको भनाइ छ।

बाढी पहिरोबाट २१ जिल्लाका स्वास्थ्य संस्थाहरूमा पनि क्षति पुगेको मन्त्रालयले जनाएको छ। पछिल्लो विवरणअनुसार ५२ वटा स्वास्थ्य संस्थामा सामान्य र ५ वटामा पूर्णरूपमा क्षति पुगेको छ। यद्यपि, स्वास्थ्य सेवा भने प्रवाह भइरहेको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयले बाढी पहिरोका कारण पानीका स्रोतहरू प्रदूषि हुने भएकाले सरसफाइमा ध्यान दिन आग्रह गरेको छ। किटजन्य, श्वासप्रस्वास, छालाजन्य र मानसिकजस्ता समस्या पनि देखिनसक्ने भन्दै सचेतना अपनाउन आग्रह गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.