लेबननमा नेपालीको नाम संकलन भइरहेको छ, छिट्टै उद्धार गर्छौं : परराष्ट्रमन्त्री राणा

लेबननमा नेपालीको नाम संकलन भइरहेको छ, छिट्टै उद्धार गर्छौं : परराष्ट्रमन्त्री राणा

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले इजरायल र लेबननको लडाकु समूह हिज्बुल्लाहबीचको युद्धका कारण समस्यामा परेका नेपालीको छिट्टै उद्धार गरिने बताएकी छन्।

संयुक्त राष्ट्रसङ्घको ७९औं महासभा र कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी)को तेस्रो सम्मेलनमा भाग लिएर शुक्रबार स्वदेश फर्किएकी मन्त्री राणाले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा युद्धका कारण लेबननमा रहेका नेपालीको उद्धारका लागि नाम संकलन भइरहेको जानकारी दिइन्।

उनले समस्यमा परेका नेपालीहरू सम्पर्कमा आउन नसकेकाले तत्काल सम्पर्कमा ल्याउन पनि परिवारजनलाई आग्रह गरिन्। उनले आफ्नो भ्रमण सफल भएको पनि जानकारी दिइन्। सो क्रममा एसिडी समूहमा आबद्ध एसियाली राष्ट्रहहरूका प्रतिनिधिहरूसँग फलदायी कुराकानी भएको मन्त्री राणाले बताइन्। आपसी हित र चासोका विविध विषयहरूका साथै आगामी दिनमा थप सम्बन्ध विस्तार र सहकार्यबारे अन्य राष्ट्रहरूसँग छलफल भएको उनको भनाइ छ।

एसिडीको बैठकमा एसियाली क्षेत्रमा बढ्दो रूपमा देखिएको युद्ध र द्वन्द्वको अवस्था ठूलो चिन्ताको विषय देखिएको धारणा राखेको उनले बताइन्। त्यस्तै उनले संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा महिला प्रतिनिधित्वका बारेमा पनि आवाज उठाएको जानकारी दिइन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.