मन्त्रिपरिषद् बैठक

बाढी प्रभावित ललितपुर, काभ्रे, धादिङलगायतका जिल्ला संकटग्रस्त क्षेत्र घोषणा

बाढी प्रभावित ललितपुर, काभ्रे, धादिङलगायतका जिल्ला संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं : सरकारले बाढी पहिरो प्रभावित केही जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ललितपुर, काभ्रेपलाञ्चोक, धादिङसहितका जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको एक मन्त्रीले बताए।

बाढी र पहिरोका कारण ठूलो मात्रमा जनधनको क्षति पुर्‍याएको क्षेत्रमा संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको ती मन्त्रीको भनाइ छ।

शुक्रबार नै बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले क्षतिग्रस्त स्थानीय पालिकाहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस गरेको थियो। बाढीपहिरोबाट २३९ जनाको मृत्यु, १६९ जना घाइते र १८ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.