मृतकका परिवारलाई राहत वितरण

मृतकका परिवारलाई राहत वितरण

सिन्धुली : सिन्धुलीमा लगातार आएको बाढी र पहिरोको कारण मृत्यु भएका परिवारलाई राहत वितरण गरिएको छ। शुक्रबार जिल्ला विपद् व्यवस्थापन समितिले दुई जना मृतकका परिवारलाई दुई–दुई लाख रुपैयाँ नगद राहत प्रदान गरेको हो। 

सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी लिाराज शर्माले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा नगद दुई दुई लाख रुपैयाँ राहत प्रदान गरेका हुन्। प्रहरी प्रमुख काफ्लेका अनुसार एक साता अघि आएको बाढी र पहिरोको कारण सिन्धुलीमा दुई जनाको जयन गएको थियो। 

कमलामाई नगरपालिका-९ भिमानमा स्थित सुके खोलाको बाढीले बगाउँदा स्थानीय ४६ वर्षीय कृष्ण बहादुर बोगटीको मृत्यु भएको थियो। 

यस्तै घरमाथीबाट पहिरो आएपछि भाग्ने क्रममा सुनकोशी गाउँपालिका-१ मा १२ वर्षीय बालकको मृत्यु भएको थियो। मृतक दुवै जनाका आफन्तलाई नगद राहत प्रदान गरिएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.