चाडपर्वमा अनुचित कार्य रोक्न लुम्बिनी सरकारले अनुगमनमा कडाइ गर्ने

चाडपर्वमा अनुचित कार्य रोक्न लुम्बिनी सरकारले अनुगमनमा कडाइ गर्ने

अर्घाखाँची : चाडपर्वका समयमा व्यापारमा हुने अनुचित क्रियाकलाप रोक्न लुम्बिनी प्रदेश सरकारले अनुगमनमा कडाइ गर्ने भएको छ। लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले सबै घरेलु तथा साना उद्योग कार्यालयलाई परिपत्र गर्दै बजार अनुगमनलाई कडाइ गरेर अनुचित क्रियाकलाप नियमन गर्न निर्देशन दिएको छ। 

उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले चाडबाडका समयमा उपभोक्ता माथि हुने ठगी नियन्त्रणका लागि बजार अनुगमनलाई तीव्र पारिने जानकारी दिए। 

'चाडपर्वका समयमा उपभोक्ताहरू बजारबाट ठगिँदै आइरहेको गुनासा आइरहन्छन्, चाडबाडका बेला उपभोक्ता माथि हुने ठगी नियन्त्रणका लागि बजार अनुगमनलाई तीव्र पारिने छ', मन्त्री न्यौपानेले भने, 'उपभोक्तालाई ठगी गर्नेलाई कारवाहीको दायरामा ल्याइने छ।' केही दिनअघि मन्त्रालय मातहतको बजार नियमन तथा प्रतिस्पर्धा प्रवर्धन परिषद् बैठकले समेत बजार अनुगमनलाई तीव्र पार्ने निर्णय गरेको थियो। 

मन्त्री न्यौपानेको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार मन्त्रालय मातहतका प्रदेशका १२ वटै जिल्लाका घरेलु उद्योग कार्यालयहरूले जिल्लाका सरोकारवाला पक्षको समन्वयमा  बजार अनुगमन गर्ने छन्। बजार अनुगमनमा बजारमा देखिएका समस्या समाधानसँगै उपभोक्तालाई समेत ठगिनबाट जोगिने सचेत गराइने छ। 

उपभोग्य वस्तुको मूल्य, गुणस्तर , परिमाण तथा शुद्धताका बारेमा उपभोक्तालाई सचेतसमेत गराइने मन्त्री न्यौपानेले जानकारी दिए। 'बजारमा देखिने समस्यासँगै उपभोक्ताहरूलाई ठगिनबाट जोगिन सचेत गराइने छ', मन्त्री न्यौपानेले भने, 'बजारमा हुने अनुचित कृयाकलापबाट जोगिन उपभोक्ता आफू पनि सचेत हुनु जरुरी छ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.