नौरथै लाग्यो लौ नौवटा दिन
नौ शिखा राखन मेरा बाबा, नौ शिखा राख न...।
दियो र कलशबालुवा माथि
जौका अंकुराले मेरा बाबा, जौका अंकुरा...।
बडा र दसैंमा दुर्गाले गर्छिन्
चिता’को पूरा नि मेरा बाबा, चिता’को पूरा...।
त्रिशूल खड््ग र गदा पद््म
हातमा लिएकी मेरा बाबा, हातमा लिएकी...।
भक्तको शिरमा तथास्तु भनी
आशीर्वाद दिएकी मेरा बाबा, आशीर्वाद दिएकी...।
कुष्माण्डा, शैलपुत्री, कालरात्रि देवी...
नौ दुर्गा सवार मेरा बाबा, नौ दुर्गा सवार...।
धुप र दीप नि शंख र घण्ट
सबको घर घर मेरा बाबा, सबको घर घर...।
नवौं दिन पूजा र विधिले गरी
जाग्राम रातमा मेरा बाबा, जाग्राम रातमा...।
दशमीका दिन र बडाको घर
परिवार साथमा मेरा बाबा, परिवार साथमा...।
निधारमा टीका र आशीर्वाद थाप्दै
जमरा माथमा मेरा बाबा, जमरा माथमा... ।