कोशीमा बाढीले क्षति पुर्‍याएका सडक र पुल तत्काल मर्मत गरिने

कोशीमा बाढीले क्षति पुर्‍याएका सडक र पुल तत्काल मर्मत गरिने

विराटनगर  : कोशी प्रदेशमा बाढी पहिरोले क्षति पुर्‍याएका सडक र पुल तत्काल मर्मत गरिने भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अविरल वर्षापछिको बाढी र पहिरोले क्षति पुर्‍याएका सडक, पुललगायत दसैंअघि मर्मत सम्भर गरिसक्ने गरी प्रदेश सरकार लागेको जानकारी दिए। तत्काल मर्मत सम्भार गरेर सडक र पुललाई प्रयोग योग्य बनाइने उनको भनाइ छ। 

नेकपा (एमालें) कोशी प्रदेशका इन्चार्ज पूर्व मुख्यमन्त्री शेरधन राई, प्रदेश समिति अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीले शनिबार बिहान मुख्यमन्त्री कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। ध्यानाकर्षण पत्र बुझ्दै कार्कीले बाढी र पहिरोबाट पुगेको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको बताए। 

असोज १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले बाढी पहिरोबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडितको उद्धार, बेपत्ताहरुको खोजी, घाइेतको निःशुल्क उपचार र पीडितलाई राहत उपलब्ध गराउने निर्णय गरिएको जानकारी कार्कीले दिए। क्षतिको पूर्ण विवरण संकलन गरेर दसैंअघि नै गर्नसक्ने मर्मत सम्भारमा ध्यान दिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकिएको उनको भनाइ छ। 

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारप्रति जनताको विश्वास एवं अनुभूति जागृत गराउन सडक, पुललगायतको मर्मत सम्भार एवं निर्माणलाई दु्रत गतिमा अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकिएको उल्लेख गरे। उनले नेपाल सरकार, विपद् प्राधिकरण र प्रदेश मन्त्रालयको सहकार्यमा आगामी १० दिनभित्र गर्नसक्ने कार्यका लागि प्रमुख सचिवलाई निर्देशन दिएको बताए। 
एमाले प्रदेश इन्चार्ज एवं पूर्वमुख्यमन्त्री राईले यस विपद्को घडीमा मृतकलाई तत्काल राहत, घाइतेहरुको निःशुल्क उपचार, बेपत्ताहरुको खोजी, विस्थापितहरुको पुनःस्थापना र बालीनालीको क्षतिपूर्ति उपलब्ध गराउन प्रदेश सरकारलाई आग्रह गरेका छन्। राईले प्रदेशमा विशेष विपद् प्राधिकरण गठन गरी उद्धार ,राहत, पुनःस्थापना र पुनःनिर्माण कार्य सुरु गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्। 

एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले असोज ११ र १२ गतेको वर्षाका कारण जनधनको ठूलो क्षति भएको बताए। उनले राहतमा लाग्नका लागि सरकारको ध्यानाकर्षण गराइएको बताए। 

सो अवसरमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई, खानेपानी, सिँचाई तथा उर्जामन्त्री एकराज  कार्की, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्की राज्यमन्त्री सिर्जना राई, मन्त्रालयका सचिवहरु र विभिन्न जिल्लाका एमाले अध्यक्षहरु उपस्थित थिए।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ध्यानाकर्षण पत्र बुझाउँदै पूर्वमुख्यमन्त्री शेरधन राई नेतृत्वको टोली। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.