होण्डाको चाडपर्व योजनाअन्तर्गत चार जना विजयी
![होण्डाको चाडपर्व योजनाअन्तर्गत चार जना विजयी](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_YEbNFakg4v_jDKQepr95z.jpg)
काठमाडौं : होण्डा नेपालको चाडपर्व योजना 'हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार' अन्तर्गत चार जना ग्राहकले जनही एक/एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन्।
स्क्र्याच कार्डमार्फत छनोट गरिएको विजेताहरुमा एकान्तकुनाको तिरुमाला मोटर्सबाट निश्चल घर्ती, भरतपुरको युनाइटेड मोटर्स प्रालिबाट प्रतिमा भन्डारी, वालिङको आस्था ट्रेडर्सका सन्तोष सुवेदी र महेन्द्रनगरको केडी अटोमोबाइल्सकी ग्राहक शान्ति साउद छन् ।
दसैं, तिहार र छठ पर्वको अवसर पारेर कम्पनीले अफर योजना ल्याएको हो। यसलाई ग्राहकहरूले मन पराएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार योजनाअन्तर्गत यो चाडपर्वको समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकले प्रत्येक खरिदमा १० लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका पाउने छन्।
होण्डाका दुई पांग्रे सवारी खरिदमा इजी फाइनान्स पनि उपलब्ध छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)