मन्त्री पाण्डेको पहलपछि क्याबिन क्रूको आन्दोलन फिर्ता, आजैबाट काममा फर्कने

मन्त्री पाण्डेको पहलपछि क्याबिन क्रूको आन्दोलन फिर्ता, आजैबाट काममा फर्कने

काठमाडौं : ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलनमा नेपाल एयरलाइन्सका क्याबिन क्रू (विमान परिचारकरपरिचारिका) आन्दोलन फिर्ता लिन सहमत भएका छन्। शनिबार संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेको उपस्थीतिमा भएको दुई चरणको छलफलपछि क्याबिन क्रू जारी आन्दोलन फिर्ता लिन सहमत भएका हुन्।
 
४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलन गरिरहेका क्याबिन क्रू (विमान परिचारकरपरिचारिका) हड्तालमा उत्रिएपपछि  मन्त्री पाण्डेले  आन्दोलनरत पक्ष र नेपाल एयरलाइन्सका प्रतिनिधिहरूलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए। छलफलपछि नेपाल एयरलाइन्स ४५ वर्षको उमेर हद हेरफेर गर्न सकारात्मक भएको छ। त्यसका लागि विनियमावली परिवर्तन विषय प्रक्रियामा लाने सहमति भएको छ।

सर्वोच्च अदालतमा विचारधीन मुद्दा र दुई पटक भएको अन्तरिम आदेशको विषयमा महान्यायाधिवक्तासँग छलफल गर्न दुईपक्ष सहमत भएका छन्। आन्दोलन फर्तासँगै विमान परिचालिका एवं परिचालकहरूले आजैबाट काममा फर्किएका छन्। निगममा कार्यरत परिचारिकाहरूको संस्था नेफाल वायुसेवा क्याबिन क्रू संघले ४५ वर्षपछि अनिवार्य अवकासमा जाने नियम, सेवा सुविधामा विभेद् भएको भनी ०८० पुसमा सर्वोच्च अदालतमा रिट निवदेन दिएका थिए। उक्त मुद्दाको किनारा लागेको छैन। 

निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रूको करार नवीकरण नगरेपछि असोज १६ यता उनीहरू पुनः आन्दोलनमा उत्रिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.