मन्त्री यादवको आग्रहपछि दक्षिणकाली नगरपालिकाले ललितपुरमा पठायो खानेपानी

मन्त्री यादवको आग्रहपछि दक्षिणकाली नगरपालिकाले ललितपुरमा पठायो खानेपानी

काठमाडौं : खोपानीमन्त्री प्रदीप यादवले दक्षिणकालीका जनप्रतिनिधिलाई ललितपुरका नागरिकका लागि तत्काल पानी आपूर्तिमा सहयोग गरिदिन आग्रह गरेपछि दक्षिणकाली नगरपालिकाले अहिले ललितपुरका लागि पानी पठाएको छ।

शनिबार दिनभरको प्रयासपछि भैँसेपाटीको ट्याङ्कीमा पनि पानी झर्न थालेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) भैँसीपाटीले जनाएको छ। दक्षिणकाली नगरपालिका र स्थानीयहरूसँग गरिएका कतिपय प्रतिवद्धता पूरा गर्न भने बाँकी नै रहेका र दसैं लगत्तै गर्नु पर्ने केयुकेएलले जनाएको छ।

मन्त्री यादवको आग्रहसँगै उक्त नगरपालिकाले आज साँझदेखि ललितपुरका नागरिकका लागि दक्षिणकाली नगरपालिकाको कुटुरी मुहानबाट पानी पथान्तरण गरी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) भैँसीपाटीको खानेपानी टयाङ्कीमा पानी अइपुगेको खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्रचार्यले जानकारी दिइन्।

 
उनले भनिन्, 'तत्काललाई दसैंसम्मलाई दक्षिणकाली नगरपालिकाले त्यहाँबाट पानी छोडिदिने पूर्णिमाको पर्सिपल्ट पुनस् बैठक बसेर सम्पूर्ण क्षतिको लागत अनुमान तयारी गरी ललिपुर महानगरपालिका, दक्षिणकाली नगरपालिका र केयुकेल बसेर के-के काम गर्न सकिन्छ सो विषयमा सम्झौता पत्र तयार गरी हस्ताक्षर गर्ने सहमति भएको छ।'

ललितपुरमा रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) भैँसीपाटीको खानेपानी टयाङ्कीमा पानी आइपुगेकाले अब चाडै यहाँका नागरिकलाई पानी वितरणको कार्य सुरु गरिने केयुकेएलका कार्यकारी निर्देशक अशोक पौडेलले बताए। 

खानेपानीमन्त्री प्रदीप यादव आज दक्षिणकाली नगरपालिकामा गएर आफू राज्यको प्रतिनिधि भएकाले दक्षिणकालीमा बाढी पहिरो लगायतका विपद्‍बाट नागरिकले भोग्नुपरेका पीडा खानेपानीका समस्याहरू स्वयं आफ्ना पीडा भएको र त्यसको समस्या समाधानका लागि हरतरहले अग्रसर रहने प्रतिवद्धता जनाएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.