मोरङमा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

मोरङमा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

विराटनगर : कोशी राजमार्गअन्तर्गत मोरङको बूढीगंगामा  मिक्सचर ट्रकको ठक्करबाट आइतबार दिउँसो एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ।

प्रहरीका अनुसार बूढीगंगा गाउँपालिका-४ गोकुवा चोकमा प्रदेश १-०२-०५४ प ९२०२ नम्बरको मोटरसाइकललाई प्रदेश १-०२-००१ क ३७१३ नम्बरको मिक्सचर ट्रकले दिउँसो १:४० बजेतिर ठक्कर दिएको थियो। पूर्वबाट राजमार्गमा निस्किएर उत्तरतर्फ मोडिँदै गरेको मोटरसाइकललाई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मिक्सर ट्रकले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत सशस्त्र प्रहरी जवान अन्दाजी २७ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको  जानकारी दिए। उनका अनुसार संखुवासभा घर भएका तामाङ दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए। उपचारका लागि बूढीगंगाकै विराट शिक्षण अस्पताल लगिएको थियो। चिकित्सकले दिउँसो २स्४५ बजेतिर मृत घोषित गरेको जानकारी जोशीले दिए। 

दुर्घटनामा परेर मोटरसाइकल चालक  सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत अर्का जवान ३० वर्षीय युशन राई घाइते भएका छन्। धनकुटाको साँगरीगढी गाउँपालिका-९ घर भएका उनको विराटमै उपचार भएको छ। अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै प्रहरीले मिक्सर ट्रक र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका-६ का ३० वर्षीय सुवास झाँगडलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मिक्सरको तीव्र गति र मोटरसाइकल चालकको कमजोरीले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.