उर्लाबारीको एक घरमा आगलागी

उर्लाबारीको एक घरमा आगलागी

विराटनगर : मोरङको उर्लाबारी नगरपालिका–९ दुर्गापुरीका नैनसिंह गुरुङको घरमा सोमबार बिहानका राति आगलागी भएको छ । प्रहरीका अनुसार गुरुङको घरको सटर भाडामा लिएर उर्लाबारी–८ का दयाराम न्यौपानेले सञ्चालन गर्दै आएको सुनचाँदी पसलबाट मध्यराति १२:३० बजेतिर आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

आगोले सुनचाँदी पसलमा १० लाख बराबरको क्षति गरेको छ भने पसलभित्र राखिएको १ लाख नगद जलेको प्रहरीको भनाइ छ । आगलागीबाट घरमा आशिंक रूपमा क्षति पुगेको छ । करिब ७ लाखको क्षति पुगेको प्रहरीको भनाइ छ । 

सटर भाडामा लिएर श्याम न्यौपानेले चलाउँदै आएको न्यौपाने पुस्तक पसलमा ७ लाख बराबरको क्षति भएको र नगद ५ हजार जलेको जानकारी प्रहरीले दिएको छ । 

त्यस्तै, अनिता तिमल्सिनाले सञ्चालन गर्दै आएको युना गिफ्ट फेन्सी पसलमा २ लाख बराबरको क्षति भएको उर्लाबारी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आगलागिबाट २७ लाख बढीको क्षति पुगेको छ। आगलागीको कारण खुल्न सकेको छैन। अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विभिन्न स्थानबाट पुगेका दमकल, स्थानीय र प्रहरीको सहयोगमा करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.