अनुगमन फितलो

तरकारीको मुल्य अचाक्ली,एक किलो टमाटरको मूल्य दुई सय पुग्यो

तरकारीको मुल्य अचाक्ली,एक किलो टमाटरको मूल्य दुई सय पुग्यो

६० रुपैँया केजीमा पाइने टमटर अहिले दुई सय रुपैयाँ पुगेको छ । त्यसैगरी २५ रुपैयाँ केजीमा पाइने मुला एक सय रुपैयाँ केजी पुगेको छ । बजारमा तोरीको साग १६० रुपैयाँ प्रतिकेजी बिक्री भइरहेको छ।

उदयपुर : विपद्को मौका छोपी उदयपुरको सदरमुकाम गाईघाट आसपास क्षेत्रका बजारमा व्यापारीहरूले तरकारीको मुल्य आफूखुशी बढाएका छन् । भारी वर्षाले सडक संजालहरू अवरुद्ध हुँदा तरकारी ढुवानीका साधानहरू रोकिएपछि त्यसको फाइदा उठाउँदै तीन गुणा बढी मुल्य बढाएर तरकारी बिक्री गर्ने गरेका छन्। 

नियमक निकायको उपस्थिति र अनुगमनका बीच पनि व्यापारीले बासी तरकारीलाई समेत ताजा भन्दै मनखुशी मुल्य निर्धारण गर्ने गरेको स्थानीयको गुनासो छ । मुल्यमा एकरुपता हुन नसक्दा सर्वसाधारण ठगिने गरेको गाईघाटका बजारकी सृजना तामाङ्गे बताइन् । उनले भनिन्, ‘तरकारी नलगी भा छैन, लगौं पसलै पिच्छै एउटै तरकारीको मुल्य फरक–फरक छ ।’

दिनहुँजसो मुल्य वृद्धि हुँदासमेत नियन्त्रणका लागि सम्बन्धित निकायले चासो नदिएको उपभोक्ताको गुनासो छ । असोज १२ गते अभिरल वर्षासँगै आएको बाढीपहिरोले सडक सञ्जाल क्षतविच्छेद् हुँदा सस्तो मुल्यको तरकारी आउन नसकेको भन्दै व्यापारीले धेरै दिनदेखि स्टकमा राखिएका सागसब्जी, लगायतका तरकारीहरू विक्रीका लागि राख्ने गरेको उपभोक्ताको गुनासो छ ।

null

६० रुपैँया केजीमा पाइने टमटर अहिले दुई सय रुपैयाँ पुगेको छ । त्यसैगरी २५ रुपैयाँ केजीमा पाइने मुला एक सय रुपैयाँ केजी पुगेको छ । बजारमा तोरीको साग १६० रुपैयाँ प्रतिकेजी पुगेको छ । त्यस्तै काउली २००, बन्दा १५० रुपैयाँ केजी पुगेको व्यापारी कुशेश्वर चौधरीले बताए । 

असोज १० गतेसम्म प्रति केजी ५० रुपैयाँमा विक्री भएको प्याज अहिले १४० पुगेको छ । आलु ९०,बोडी १३०, च्याउ २८०, फर्सी १००, तिते करेला १२०, काक्रा १५०, भाण्टा ७०, स्कुस ४० रुपैँया पुगेको उनले बताए । जुन मुल्य असोज १२ गतेको तुलनामा तेब्बर हो । 

बीस रुपैयामा ५ दाना विक्री हुँदै आएको कागतीको मुल्य १५ रुपैयाँ दाना पुगेको छ । चौधरीले भने, ‘हाम्रो घरमा उत्पादन छैन्, हामी पनि खरिद गरेर ल्याउने हो, खरिद गर्ने ठाउँमा हिजोआज सडक विग्रिएकाले गाडी चल्दैन । लैजाने भए लैजाउ नत्र छोडिदेउन भन्छन् त्यसैले महंगो मुल्यमा खरिद गर्न बाध्य छौं, अनी कहाँबाट सस्तोमा दिन सकिन्छ ।?'

खरिद मुल्य नै महंगो परेकाले विक्री मुल्य बढेको अर्का व्यापारी तेजनारायण साहले बताए । वर्षाका कारण बाहिरबाट तकारी न्युन मात्रमा आउने भएकाले जतिमुल्य तोकेपनि हारालुछ हुने गरेको व्यापारी साह बताउँछन् ।

उनले माग अनुसार अझै तरकारी आपूर्ति गर्न नसकिएको बताए । गाईघाटमा ८० प्रतिशत तरकारी अन्य जिल्लाबाट भित्रिने गरेको व्यापारीहरू बताउँछन् । सर्लाहीको लालबन्दी, धनकुटा, इनरुवा, धरान, गोलबजार र भारतीय बजारबाटसमेत भित्रिने गरेको त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईलीले बताए ।

दैनिक २ सय टनसम्म तरकारी भित्रिने गाईघाटमा अहिले ५० टन मात्र आउने गरेको व्यापारीको भनाइ छ । चाहिदो तरकारी आपूर्ति हुन नसक्दा नेपाली सेनाको वाहिनी, गण, सशस्त्र प्रहरीको गण, नेपाल प्रहरीजस्ता धेरै तरकारी खपत हुने कार्यालयलाई मागेजत्ति तरकारी दिन नसकेको व्यापारी बताउँछन् । 

तरकारीको अभावले २ सय किलो माग्नेलाई २०/३० किलो, १ सय किलो माग्नेलाई १५/२० किलो दिने गरेको व्यापारी बताउँछन् । नियमित आपूर्ति गर्ने जिम्मा लिएका व्यापारीलाई वर्षापछि तरकारी पुर्‍याउन गाह्रो भएको बताउँछन् । 

स्थानीय सरकार, प्रशासन र उद्योग बाणिज्य संघले तरकारीको बजार मुल्य तोके पनि कार्यान्वयन हुन नसक्दा व्यापारीको मनोपोली बढेको स्थानीयको भनाइ छ । स्थानीय लक्ष्मी कार्कीले भनिन्,‘अस्वभाविक मुल्य बढेपनि उपभोक्तालाई खरिद गर्नुपर्ने वाध्यता छ, नियमन निकायले यसको अनुगमन गर्दैन,जसरी पनि सर्वसाधरण नै मर्कामा पर्ने हो ।'

प्रमुख जिल्ला अधिकारी हरीप्रसाद घिमिरेले चाडपर्वमा उपभोग्य सामग्री अभाव र कालोबजारी हुन नदिन प्रशासनले अनुगमन बढाएको बताए ।  उनले मौका छोपेर व्यापारीले मुल्य बढाउँछन् भनेर आफूहरूले छड्के चेकजाँच र व्यापारीसँगको छलफललाई तीव्रता दिएको बताए ।

उनले भने,‘हामीले चाडपर्व र प्रकृतिजन्य अवस्थाको मौका छोपी कालोबजारी नगर्न अनुरोध मात्र गरेका छैनौं दिनहुँ अनुगमन छ, कारवाही पनि उत्तिकै छ,सामान्य तलमाथि हुन सक्छ तर कालोबजारी नै गरेको भन्ने अहिलेसम्म जानकारीमा आएको छैन् ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.