नारायणी अस्पतालमा अबदेखि सुत्केरीले निःशुल्क रगत पाउने

नारायणी अस्पतालमा अबदेखि सुत्केरीले निःशुल्क रगत पाउने
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालमा उपचारका लागि आउने सुत्केरीले अब रक्तसञ्चार केन्द्र वीरगन्जबाट निःशुल्क रगत पाउने भएका छन्।

नारायणी अस्पताल र नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाबीच सोमबार अस्पतालमा उपचारका लागि आउने सुत्केरीको उपचारमा आवश्यक पर्ने रगत रक्तसञ्चार केन्द्रले उपलब्ध गराउने र त्यसबापतको लाग्ने शुल्क अस्पतालले केन्द्रलाई तिर्ने सम्झौता भएको हो।

रक्त सञ्चार केन्द्रले बिरामीको उपचारमा आवश्यक पर्ने रगतको ब्याग, क्रस म्याच, ग्रुपिङ एवं परीक्षण बापत प्रति युनिट रगतको १ हजार ५० रुपैयाँ शुल्क लिने गरेको छ।

उक्त शुल्क अब नारायणी अस्पतालले रक्त सञ्चार केन्द्रलाई तिर्ने गरी सोमबार अस्पताल प्रशासन र रेडक्रस सोसाइटी पर्सा शाखाबीच सम्झौता गरिएको हो। रेडक्रस पर्सा शाखाका सभापति वीरेन्द्रराज कँडेल र नारायणी अस्पतालका प्रमुख मेसु डा. चुमनलाल दासले हस्ताक्षर गरेको सम्झौतापत्रमा नारायणी अस्पतालमा उपचारका लागि आउने सुत्केरीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत रक्त सञ्चार केन्द्रले उपलब्ध गराउने, रक्तसञ्चार केन्द्रबाट सुत्केरी महिलालाई उपलब्ध गराउने रगतको शुल्कको हिसाब रक्त सञ्चार केन्द्रले हरेक महिनाको ५ गते अस्पताललाई बुझाउने र अस्पतालले त्यही महिनाभित्रमा उक्त रकम उपलब्ध गराउने उल्लेख छ।

नारायणी अस्पतालको प्रसूति विभागमा हरेक दिन औसतमा २५ देखि ३० जना महिलाले सुत्केरी सेवा लिँदै आएको अस्पतालका प्रमुख मेसु डा. दासले जानकारी दिए। सम्झौतापत्र आदान प्रदान कार्यक्रममा नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ता, रेडक्रस साोसाइटी पर्साकी उपसभापति मधु राणा, मन्त्री शैलेन्द्र चौरसिया, रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डे लगायतको उपस्थिति थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.