३७ अंकले बढ्यो सेयर बजार, ७ अर्बमाथिको कारोबार

३७ अंकले बढ्यो सेयर बजार, ७ अर्बमाथिको कारोबार
सुन्नुहोस्

काठमाडौं : नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ३७.१३ अंकले बढेर २६९०.७२ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स  १.५३ प्रतिशतले बढेर ४८३.७८ विन्दुमा अडिएको छ।

कारोबार रकम आइतबारको तुलनामा वृद्धि भएको छ। यसदिन ३०५ स्क्रिप्सको १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता सेयर ७ अर्ब ९ करोड ५९ लाख  ५३ हजार २७ रुपैयाँमा खरिदबिक्री भए। 

अघिल्लो कारोबार दिन आइतबार नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ विन्दुमा पुगेको थियो। सो दिन  ६ अर्ब १३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

दोहोरो अंकले वृद्धि भएको बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। थ्री स्टार हाइड्रोपावरको सेयर सर्वाधिक ९.९३ प्रतिशतले बढ्दा दोल्टी पावरको ९.६८,एनआईसी एसिया फ्लेक्सी क्याप फण्डको ८.८०,जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८.४२ र पिपुल्स हाइड्रोपावरको ७.५९ प्रतिशतले बढ्यो। 

यसदिन इस्टर्न हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा चन्द्रगिरी हिल्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २६ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको २४ करोडको कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स / गुडविल फाइनान्सले २३/२३ करोड बढीको कारोबार गरे।

कारोबारमा आएका १७६ स्टक्सको मूल्य बढ्दा ६६ वटाको घट्यो भने २ वटा स्टक्सको मूल्य स्थिर रह्यो। दुई समूहको उपसूचकबाहेक अन्यको सूचक सकारात्मक देखिएका छन्। फाइनान्स र मनु एण्ड प्रो समूहको उपसूचक घट्दा अन्य समूहको उपसूचक सकारात्मक देखिएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.