मेटलाइफ नेपालद्वारा प्रधानमन्त्रीको दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग
![मेटलाइफ नेपालद्वारा प्रधानमन्त्रीको दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग](https://annapurnapost.prixacdn.net/media/albums/IMG-20241006-WA0008_KYbVc3Vc8P_2W3QyYQ1VI.jpg)
काठमाडौं : नेपालका विभिन्न क्षेत्रमा आएको बाढी, पहिरो र डुबानका कारण प्रभावित समुदायहरूका लागि मेट लाइफ नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ।
यस योगदानले देशको बृहत् पुनः स्थापना प्रयासहरूलाई सहयोग गर्दै बाढी र पहिरोबाट प्रभावितहरूको तत्काल आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य राखेको छ। बागमती र नख्खु नदीले घेरिएको काठमाडौं नजिकका क्षेत्र लगायत नेपालका पूर्वी र दक्षिणपूर्वी क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन्।
जसमा २०० भन्दा बढीको मृत्यु भएको छ। १५८ घाइते भएका छन् र २८ जना बेपत्ता भएका छन्। राजमार्गहरू, जलविद्युत स्टेशनहरू र सडकहरू सहित प्रमुख पूर्वाधारहरूमा विनाशहरू भएका थिए। जसका कारण १३ हजारभन्दा बढी मानिसहरूलाई उद्धारको आवश्यकता परेको थियो।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, ‘अहिले हाम्रो ध्यान यस विपद् पछि संघर्ष गरिरहेका मानिसहरूलाई मद्दत गर्ने कुरामा छ। हामी आशा गर्छौं कि राहत कोषमा हाम्रो योगदानले जसलाई यसको सबैभन्दा बढी आवश्यकता छ उनीहरूलाई केही सान्त्वना र समर्थन गर्दै राहत र पुनः स्थापना प्रक्रियामा मद्दत गर्नेछ।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)