चाडपर्वमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न नमुना अभ्यास

चाडपर्वमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न नमुना अभ्यास

गुलरिया : चाडपर्वमा हुने सवारी दुर्घटनाको उद्धारसँगै न्यूनीकरण गर्न नमुना अभ्यास गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ हेडक्वाटर बर्दियाको आयोजनामा सदरमुकाम गुलरियास्थित पशुहाट बजार नजिकै अभ्यास गरिएको छ।

दुर्घटनाका बेला द्रुत उद्धार एवं घाइतेहरूलाई अस्पताल पुर्‍याउन अभ्यस्त बनाउने हेतुले नमुना अभ्यास गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ हेडक्वाटरका गणपति सशस्त्र प्रहरी उपरीक्षक चित्रांगत दाहालले बताए। अभ्यासका लागि नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटीले सहकार्य गरेका हुन्। बर्दियामा सडक दुर्घटना बढेको ट्राफिक प्रहरीको तथ्यांक छ। गत वर्ष ७५ वटा सवारी साधन दुर्घटना भएकोमा २६ जनाले ज्यान गुमाएका छन्। ९९ जना घाइते भएको तथ्यांक ट्राफिक प्रहरी कार्यालय बर्दियाको छ। चालू वर्षको साउन, भाद्र महिनामा मात्र ४ वटा सवारी साधन दुर्घटनामा परि ३ जनाले ज्यान गुमाएका छन् भने ३ जना घाइते भएका छन्।

सवारी दुर्घटना आफ्ना कारणले मात्र नघटी अरूका कारणले पनि घट्ने भएको हुँदा सवारी साधन चलाउँदा सावधानी पूर्वक चलाउनु पर्ने जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्यबहादुर विष्टले बताए। पूर्व जानकारी बिना आउने दुर्घटनाले पुर्‍याउने क्षतिको आकलन नहुने भएकाले दुर्घटना पश्चात उद्धारमा कसरी सहभागी हुने र पेशागत दक्षतालाई समयानुकुल कसरी परिचालन गर्न सकिन्छ भन्ने विषयमा घटना अभ्यासले सहज हुने उनको भनाइ छ। गाडीमा यात्रा गर्ने यात्रुको जीवन ड्राइभरको हातमा हुने भएकाले मादक पदार्थ तथा तनाव व्यवस्थापन गरि गाडी चलाए दुर्घटनाबाट हुने क्षति न्यूनीकरणमा सघाउ पुग्ने प्रमुख विष्ट बताउँछन्। सुरक्षाकर्मीहरू विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण गर्न सक्षम रहेको उनले प्रस्ट्याए।

गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले चाडबाडको समयमा सडकमा सवारीको चाप बढ्ने भएकाले दुर्घटना हुनसक्ने प्रबल सम्भावना रहेको बताए। चालकको लापरबाही र सडकको दुरा अवस्था नै दुर्घटनाको मुख्य कारण रहेको उनले औंल्याए। सबैले आफ्नो जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गरे दुर्घटना न्यूनीकरण गर्न सकिने बताए। 

बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले घटना अभ्यासका क्रममा देखिएको सिप र कौशलताको प्रशंसा गर्दै घटना प्रतिकार्य अभ्यासले सबै जिम्मेवार निकायको जिम्मेवारी स्पष्ट गर्न मद्दत पुगेको बताइन्। घटना घट्दा कसरी समन्वय, सञ्चार र उद्धार गर्न जुट्ने लगायतका कुराहरू छर्लङ्ग पारेको उनले बताइन्। दुर्घटनाबाट हुने मानवीय तथा जनधनको क्षतिलाई न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालयले सडक सुरक्षा तथा सडक सुधार कार्यक्रम ल्याएको उनको भनाइ छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.