सिन्धुली जाँदै गरेको टाटा सुमो रामेछापमा दुर्घटना

सिन्धुली जाँदै गरेको टाटा सुमो रामेछापमा दुर्घटना
तस्बिर : सामाजिक सञ्जाल

काठमाडौं : काठमाडौंबाट सिन्धुलीको फिक्कल जाँदै गरेको टाटा सुमो रामेछापमा दुर्घटना भएको छ। रामेछापको मन्थली-खाँडादेवी-सित्खा सडक खण्डको मन्थली नगरपालिका-७ भटौंली पुलमाथि आज बिहान सवा ४ बजेतिर ना १ ज ८७८२ नम्बरको टाटा सुमो  दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। 

अनियन्त्रित भइ सुमो पल्टिँदा सिन्धुली फिक्कल गाउँपालिका-४ का २२ वर्षीय चालक उद्धव श्रेष्ठको हात र ढाडमा चोट लागेको छ। उनको तामाकोसी अस्पतालमा उपचार भइरहेका छन्।

सुमोमा चालक र २ बच्चासहित १२ जना सवार रहेको प्रहरी कार्यालयले जनाएको छ। यात्रु सामान्य घाइते छन्। उनीहरुलाई अर्को सवारी साधनबाट गन्तव्यतर्फ पठाउने तयारी भइरहेको छ। 

बाढी-पहिरोको कारण बीपी राजमार्गको सडक बन्द भएपछि अहिले काठमाडौं-चरिकोट-मन्थली-सिन्धुलीको वैकल्पिक मार्ग सञ्चालन भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.