जम्मु-काश्मिरमा नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनलाई बहुमत

जम्मु-काश्मिरमा नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनलाई बहुमत

काठमाडौं : भारतको केन्द्र शासित जम्मु-कश्मिरमा नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनले बहुमत ल्याएको छ। विधानसभा निर्वाचनको अन्तिम मतपरिणामअनुसार उक्त गठबन्धनले ४८ सिट जितेको छ। भारतीय निर्वाचन आयोगका अनुसार नेशनल कन्फ्रेन्सले ४२ सिट र कांग्रेसले ६ सिट जितेका हुन्। 

त्यस्तै भारतीय जनता पार्टीले २९ सिटमात्र जित्दा पीडीपीले ३ सिटमा विजयी बन्यो। त्यस्तै सीपीएम, जेपीसी र आम आदमी पार्टीले एक-एक सिट जिते। आयोगका अनुसार ७ जना स्वतन्त्र उम्मेदवार विजयी भए। ९० सिटका लागि भएको निर्वाचनमा नेशनल कन्फ्रेस र कांग्रेसले सरकार बनाउने भएको छ। 

जम्मु काश्मिरमा दस वर्षपछि विधानसभा निर्वाचन भएको हो। यसअघि भारतीय जनता पार्टी र पीडीपीले संयुक्त सरकार गठन गरेको थियो। उक्त सरकार ५ वर्ष नपुग्दै केन्द्रीय सरकारले सन् २०१९ मा आर्टिक ३७० लाई खारेज गरिदिएको थियो। सोही बेलादेखि जम्मु काश्मिरलाई केन्द्र सरकारले शासन चलाउँदै आएको थियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.