हरियाणामा बिजेपीलाई बहुमत
काठमाडौं : भारतको हरियाणा राज्यमा भारतीय जनता पार्टी (बिजेपी)ले बहुमत ल्याएको छ। ९० सिटका लागि भएको विधानसभा निर्वाचनमा बिजेपी एक्लैले ४८ सिट जितेको हो।
त्यस्तै प्रमुख प्रतिद्वन्द्वी मानिएको कांग्रेसले ३६ सिट जितेको छ। त्यस्तै इन्डियन नेशनल लोक दलले ३ सिटमा विजयी भएको छ। केही सिटको अन्तिम नतिजा आउन बाँकी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यससँगै हरियाणामा बिजेपीले लगातार तेस्रोपटक सरकार बनाउने भएको छ।