मेलम्चीको पानी पुन: वितरण

मेलम्चीको पानी घरघरमा पुगे/नपुगेको जाँच गर्नू,समस्या भए तत्काल जानकारी गराउनू : मन्त्री यादव

मेलम्चीको पानी घरघरमा पुगे/नपुगेको जाँच गर्नू,समस्या भए तत्काल जानकारी गराउनू : मन्त्री यादव

काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले आजबाट वितरण गरिएको मेलम्चीको पानी जनताका घरमा पुगे/नपुगेको जाँच गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्। मेलम्चीबाट सुन्दरीजलमा ल्याइएको पानी वितरणका लागि आयोजना गरिएको सुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री यादवले मेलम्चीको पानी जनताका घरघरमा पुगे नगेका विषयमा अनुगमन एवं जाँच गर्न निर्देशन दिएृका हुन्।

'हामीले ठूलो चुनौती पार गरेर काठमाडौंवासीका लागि पानी ल्याएका छौँ। उक्त पानी आज वितरण कार्य सुरु भएको छ । जनताका घरघरमा मेलम्चीको शुद्ध पानी पुगे नपुगेको विषयमा अनुगमनसहित जाँच गर्नु होला ,'मन्त्री यादवले भने।

यसैगरी मन्त्री यादवले मेलम्चीको पानी वितरणका क्रममा कुनै प्राविधिक समस्या भए वा जनताका घरमा पानी पुग्न नसके कारणसहित उल्लेख गरेर आफूलगायत खानेपानी मन्त्रालयका कर्मचारीलाई जानकारी दिन समेत आग्रह गरे।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेल) को जिम्मा जनतालाई पानी वितरण गर्ने भएकाले मेलम्चीबाट आएको पानी जुनसुकै हालतमा पनि काठमाडौंवासीको घरमा पुग्नु पर्ने मन्त्री यादवको भनाइ छ। उनले भने, 'हाम्रो काम पानी ल्याउने र खोल्ने हो । केयुकेलको काम जनताका घर घरमा पुर्‍याउने भएकाले जनतालाई शुद्ध पानी पुर्‍याउन मेरो आग्रह छ ।'

अर्को वर्षात नआएसम्मका लागि काठमाडौं उपत्यकावासीले मेलम्चीको पानी खान पाउने आफ्नो विश्वास रहेकाले दुई दिनको फरकमा पानी दिने केयुकेलको योजना रहेको भएपनि अहिले चाप कम भएकाले एक दिन बिराएर भएपनि पानी दिन मन्त्री यादवले निर्देशन दिए।

मन्त्री यादवले मेलम्चीका संघर्ष समितिका जायज मागहरूलाई दसैंपछि समाधान हुने आश्वासन दिए । उनले भने,'मेलम्चीका संघर्ष समितिले अहिले आफ्ना आन्दोलनका योजनाहरू स्थगन गरेका छन् । उहाँहरूलाई दसैंपछि बोलाएर जायज मागहरूको समस्या समाधानका लागि पहल गर्ने छौँ ।'

खानेपानी मन्त्री यादव र मेलम्ची संघर्ष समितिबीच सोमबार राति भएको बार्तामा काठमाडौंमा पानी लैजाने विषयमा सहमती भएपछि आज मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएसँगै अहिले वितरणको कार्य सुरु गरिएको हो । दसैं अगाडि काठमाडौंवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका मन्त्री यादवसहितको टोलीले संघर्ष समितिसँग वार्ता गरेको थियो ।

वार्तापछि बाढी पीडित संघर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौं उपत्यकामा पानी पथान्तरण गर्नका लागि मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ईरत्न लामिछानेले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.