दशैंमा घर जाने सैनिक तथा परिवारलाई नि: शुल्क बस र हवाई सेवा

दशैंमा घर जाने सैनिक तथा परिवारलाई नि: शुल्क बस र हवाई सेवा

काठमाडौं : दशैं बिदामा घर जाने नेपाली सैनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारलाई नेपाली सेनाले सहुलियतको यातायात सुविधा उपलब्ध गराएको छ। सेनाले  सैनिक कल्याणकारी सेवा-सुविधाअन्तर्गत  सहुलीयतको यातायात सुविधान उपलब्ध गराएको हो।

असोज २१ गतेबाट मुलुकका विभिन्न स्थानबाट  सहुलियतको स्थल तथा हवाई यातायात सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ। सडक सञ्जालको सहज पहुँच पुगेका स्थानहरूमा स्थलमार्गबाट र सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी र हिमाली क्षेत्रहरूमा हवाई उडानमार्फत सेवा दिएको नेपाली सेनाले जनाएको छ।

null

हालसम्म बसमार्फत् १२३० जना र हवाई उडानमार्फत् ७२१ जनागरी १९५१ जनाले यो सुविधा लिइसकेका छन्।  यो सुविधा भोलिसम्म लागू जनाइएको छ। नेपाली सेनाले कल्याणकारी कार्यअन्तर्गत बहालवाला/भूपू सैनिक तथा तिनका आश्रित परिवारजनलाई लक्षित गरी विविध सैनिक कल्याणकारी कार्यहरू सञ्चालन गर्दै आएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.