अप्ठ्यारोमा परेका काभ्रेका चार सय २१ परिवारलाई एनआरएनको राहत

अप्ठ्यारोमा परेका काभ्रेका चार सय २१ परिवारलाई एनआरएनको राहत

साउदी : काभ्रे- पनौती नगरपालिका आसपासमा बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले  राहत वितरण गरेको छ । अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा संघको तर्फबाट बाढी- पहिरो प्रभावित ४ सय १  परिवारका लागि राहत वितरण गरिएको हो ।

जसमा खाद्य सामग्री, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, प्राथमिक उपचार बक्सलगायतका सामग्रीहरू छन्। राहत वितरणमा स्थानीय तहसँग समन्वयपछि वडा नम्बर १ का १२३ परिवार, वडा २ का ५३ परिवार वडा ३ का २५ परिवार र वडा १२ मा २०० परिवार लाई राहत वितरण गरिएको हो।

राहत सहयोग गैरआवासीय संघ केन्द्रको आह्वान तथा राष्ट्रिय परिषद यूकेको आर्थिक सहयोगमा गरिएको हो। आपतकालीन अवस्थामा राहत वितरण गरि सहयोग गर्ने एनआरएन टिमलाई स्थानीय वडा अध्यक्षहरू तथा पीडित परिवारहरूले धन्यवाद दिएका थिए।

साथै यसअघि संघले  बाढी -पहिरो पीडितका लागि १ करोड सहयोग गर्ने घोषणा गरेको थियो । त्यसैगरी संघले दक्षिणकाली,सिस्नेरीमा १ सय २० परिवारलाई समेत राहत वितरण गरेको छ।  प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा समेत संघले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बाढि पहिरोबाट प्रभावित क्षेत्रमा राहतस्वरुप सहयोग गर्नका लागि संघका अध्यक्ष  केसीको नेतृत्वमा  समिति गठन गरिएको छ। जसमा उपाध्यक्ष रामशरण सिम्खडा, उपाध्यक्ष रोजिना प्रधान राई, युवा संयोजक सुपेन्द्र घिसिङ, अमेरिकाजका महिला डिआरसी इन्दिरा त्रिपाठी, मनार्थ सदस्य यदुराज पन्थी, आइसीसी सदस्यहरु हेमन्त काफ्ले, राजकुमार थापा, सल्लाहकार गोबिन्द गौतम, एनआरएन अभियन्ता समिरा केसी, स्वयम्भूराज डंगोल, प्रदीप खनाल संघका सूचना तथा वैदेशिक रोजगार अधिकृत इन्द्र लक्ष्मी घिमिरे अधिकृत रुपक लामिछाने जुनियर अधिकृत निरोज महर्जन रहेका छन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.